आमाले ६ जना छोराछोरीलाई पालैपालो इनारमा फालिन्, उनीहरू तड्पिँदै मरेको हेरेर बसिन्

डिसी नेपाल
१७ जेठ २०७९ १५:४०

काठमाडौं । भारतको महाराष्ट्रमा एउटा अचम्मको घटना बाहिर आएको छ । जहाँ एउटी आमाले आफ्ना ६ छोराछोरीलाई एक एक गरी इनारमा फालिन् अनि आफू बाहिर बसेर उनीहरु तड्पिँदै मरेको हेरेर बसिन् ।

ती महिलालाई पक्राउ गरिएको छ । घरायसी विवादका कारण उनले यस्तो कदम चालेको प्रहरीले जनाएको छ । यो दर्दनाक घटना रायगड जिल्लाको महाड तालुकाको बोरवाडी गाउँको हो । मंगलबार बिहानसम्म सबै ६ जनाको शव निकालिएको छ । मृत्यु हुनेमा पाँच बालिका र एक बालक रहेका छन् ।

महिलाले सोधपुछका क्रममा सोमबार बिहान ससुराले नराम्ररी कुटपिट गरेको बताएकी छन् । यसबाट आक्रोशित महिलाले राति नै आफ्ना छोराछोरीको हत्या गर्ने कदम चालिन् ।

मृत्यु हुनेमा १० देखि ३ वर्षसम्मका बालबालिका रहेका छन् । आरोपित आमाको नाम रुना चिखुरी साहनी (३०) हो । मृत्यु हुनेमा रोशनी (१०), करिश्मा (८), रेश्मा (६), विद्या (५), शिवराज (३) र राधा (३) छन् । बालबालिकाको मृत्यु भएको पुष्टि भएपछि महिलाले पनि आत्महत्या गर्न इनारमा हाम फालेकी थिइन् तर मानिसले बचाएका थिए । घटनाको जानकारी पाएपछि महडका विधायक भरत गोगावले प्रहरीसहित घटनास्थल पुगेर महिलालाई पक्राउ गरेका थिए ।

यसअघि विदर्भको लातूर जिल्लामा एक महिलाले श्रीमानसँग झगडा भएपछि आफ्नो २ वर्षीय बालकलाई इनारमा फालेकी थिइन् । त्यसपछि महिलाले परिवारलाई यसबारे जानकारी गराइन् । सुरुमा परिवारले पत्याएनन् र राति अबेरसम्म बच्चा नदेखेपछि उनीहरूको इनारमा खोजी सुरु भयो । केही समयपछि प्रहरीले उनको शव फेला पारेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *