जलवायु परिवर्तनले पृथ्वीमा असर गरिरहँदा यो प्राणीले लिएको छ फाइदा

डिसी नेपाल
१८ जेठ २०७९ १०:०९
1.0k
Shares

न्युयोर्क। अहिले मानिसदेखि जनावर, चराचुरुङ्गीदेखि स–सान किराहरू सबै प्राणी जलवायु परिवर्तनको नकरात्मक असरको प्रत्यक्षदर्शी बनेका छन्। तापक्रममा भएको बृद्धिले जैविक प्रणालीलाई नै परिवर्तन गरेको छ।

वर्षा सिजनले जनावर र विरुवाको वासस्थान नाश भइरहेको छ। बढ्दो खडेरी र अप्रत्यासित हिमपात पृथ्वीका प्राणी जाेखिममा छन्।

यद्यपि, बढ्दो तापमानले वास्तवमा एउटा प्रजातिलाई फाइदा गरेको छ। त्यो हो र्‍याटलस्नेक। अमेरिकाको मिसिगन विश्वविद्यालयको नेतृत्वमा गरिएको एक अध्ययनले पत्ता लगाएको छ कि र्‍याटलस्नेकहरू चिसो रगत भएका प्राणी भएकाले उच्च तापक्रम मन पराउँछन्।

न्यानो जलवायुका कारण उनीहरूले उजाडयुक्त स्थानमा बढी समय बिताउँने र कम समय सुत्ने एउटा नयाँ अध्ययनले देखाएको छ।

अध्ययनका लागि अनुसन्धानकर्ताहरूको समूहले प्रशान्त क्षेत्रका र्‍याटलस्नेकको जाँच गरेका थिए। यी सर्पहरू ८६ देखि ८९ डिग्री फरेनहाइट तापक्रम मन पराउने पत्ता लागेको थियो। प्रशान्त क्षेत्रका र्याटलस्नेक दक्षिणी क्यालिफोर्नियाको मरुभूमिमा पाउन सकिन्छ । तिनीहरू वासिंगटन जस्तो चिसो क्षेत्रमा पनि बस्न सक्छन्।

युनिभर्सिटी अफ मिसिगनमा विद्यावारधीका छात्र हेली क्रोवेलले भने, ‘उनीहरू उत्तम संसारमाभन्दा चिसो तापक्रममा रहन्छन्। जलवायुमा केही डिग्री वृद्धि भयो भने पनि उनीहरू खुशी हुन सक्छन् किनभने यो ताापक्रम उनीहरूले मन पराउछन्। ’

शिकार तथा पानीको कम उपलब्धता र जंगलमा लागेको आगोको जोखिम बढेकोले रेटलस्नेकहरूले नकारात्मक प्रभावहरूको सामना पनि गरेका छन्। तर, र्‍याटलस्नेकमा अन्य जनावरमाभन्दा न्यून मेटाबोलिजम हुने र बाँच्नका लागि धेरै खानेकुरा आवश्यक नपर्ने क्रोवेलको भनाइ छ।

अध्ययन इकोलोजी एन्ड इभोलुसन जर्नलमा प्रकाशित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *