साउदीमा ट्याक्सीवालाले मिटर नचलाए यात्रुसँग भाडा लिन नपाउने !

डिसी नेपाल
१८ जेठ २०७९ ११:०९
180
Shares

काठमाडौं । साउदी अरेबियाको ट्रान्सपोर्ट जनरल अथोरिटीले ट्याक्सी चालक र ट्याक्सीमा यात्रा गर्ने सम्बन्धमा नयाँ नियमहरू स्वीकृत गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार नयाँ नियम अनुसार ट्याक्सी चालकले मिटर नचलाएको खण्डमा यात्रुले कुनै पनि पैसा खर्च गर्नु पर्दैन ।

ट्रान्सपोर्ट जनरल अथोरिटीका अनुसार ट्याक्सी चालकले भाडा मिटरमा हिड्नु अनिवार्य छ। यो पालना नगर्ने चालकबारे १९९२९ नम्बरमा उजुरी गर्न सकिनेछ । यससँगै टिजीएले ट्याक्सीमा विभिन्न प्राविधिक स्पेसिफिकेशन हुनुपर्ने स्पष्ट पारेको छ । जसमा ई-भुक्तानी उपकरण, नि:शुल्क इन्टरनेट, क्यामेरा, पोर्टलमा जडान भएको ट्र्याकिङ उपकरण र रसिद प्रिन्टर समावेश छन्।

ट्याक्सीमा आइडी स्क्रिन ऐच्छिक राखिएको छ । यो पूर्णतया ट्याक्सी चालकमा निर्भर गर्दछ। ट्याक्सीमा इ–पेमेन्ट यन्त्र नभेटेमा यात्रुले उजुरी गर्न सक्नेछन् । कारलाई ट्याक्सीका रूपमा प्रयोग गरिँदै आएको अवस्थामा सो कार निर्माण भएको पाँच वर्षभन्दा बढी पुरानो हुन नहुने पनि प्राधिकरणले जनाएको छ ।

टिजीएले भनेको छ कि जुलाई १२, २०२२ बाट प्रत्येक ट्याक्सी चालकले वर्दी लगाउन अनिवार्य हुनेछ। ट्याक्सी चालक बाहेक सार्वजनिक ट्याक्सी चालक, विमानस्थलका ट्याक्सी चालक, परिवार ट्याक्सी चालक, यात्रु यातायात एप चालक र निजी ट्याक्सी चालकले पनि वर्दी लगाउनु पर्नेछ । त्यसो गर्न असफल भएमा जरिवाना हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *