युक्रेनको मागमा अमेरिका सहमत, लामो दूरीका उन्नत रकेट उपलब्ध गराउन तयार
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अत्याधुनिक रकेट आर्टिलरी प्रणाली दिइने बताएका छन् । युक्रेनले लामो समयदेखि यो माग गर्दै आएको थियो।
न्युयोर्क टाइम्सको लेखमा जो बाइडेनले लेखेका छन् कि ‘यसले युक्रेनलाई रसियाको सटीक स्थानहरूमा आक्रमण गर्न मद्दत गर्नेछ।’
यो हतियारलाई HIMARS भनिन्छ र यो लामो दूरीमा आक्रमण गर्न सक्षम छ। यससँगै उनीहरूले रुसी हतियारभन्दा पनि सटीक आक्रमण गर्न सक्छन्।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसमाथि आक्रमण गर्न प्रयोग नगर्ने आश्वासन दिएकाले रकेट पठाउन सहमत भएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
यी रकेटहरू ७०० मिलियन डलरको नयाँ सैन्य सहायता प्याकेजको हिस्सा हुनेछन्, जुन बुधबार घोषणा गरिने छ।
आफ्नो लेखमा, बाइडेनले जोड दिएका छन् कि अमेरिकाले युक्रेनलाई आफ्नो रक्षा गर्न मद्दत गर्ने लक्ष्य राखेको छ, तर रुससँग कुनै पनि प्रकारको युद्ध चाहँदैन।







डिसी नेपाल







Facebook Comment