बारामा करेन्ट लागेर एक महिलाको मृत्यु

डिसी नेपाल
२० जेठ २०७९ ६:४९
88
Shares

बारा। बारामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कलैया उपमहानगरपालिका २३ बैराथपुर टोलकी ३५ वर्षीया प्रभा देवी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार साँझ ७ बजे करेन्ट लागेर गम्भीर घाइते भएकी देवीलाई उपचारका लागि तराई अस्पताल वीरगन्ज लैजाने क्रममा बाटोमै मृत्‍यु भएको हो ।

घरमा रहेको कलमा जडान गरिएको पानी तान्ने मोटर चलाएर पानी थाप्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *