दुई करोड बराबरको अवैध सामान बरामद

डिसी नेपाल
२६ जेठ २०७९ ८:५५

पर्सा।  पर्साका विभिन्न स्थानबाट प्रहरीले करिब रु दुई करोड बराबरको अवैध सामान बरामत गरेको छ। प्रहरीले औषधि, लत्ताकपडालगायत सामग्री बोकेको तीन ट्रक नियन्त्रणमा लिएको छ ।

ट्रक नियन्त्रणमा लिएर चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।

वीरगञ्ज महानगरपालिका–१० घण्टाघरबाट विभिन्न सामग्री बोकेको बा५ख ८६५८ र लु२ख ५३४९ नम्बरको ट्रक तथा वीरगञ्ज–८ माईस्थानबाट विभिन्न किसिमका औषधि, लत्ताकपडालगायत सामग्री बोकेको ना४ख ४३०१ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *