जिरीमा ताल निर्माणका लागि १५ करोड रुपैयाँ विनियोजन

डिसी नेपाल
१ असार २०७९ १७:००

हेटौँडा । बागमती प्रदेश सरकारले दोलखाको जिरीमा मानव निर्मित ताल निर्माणको लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले दाेलखाकाे जिरीमा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न मानव निर्मित ताल निर्माण गरिने बताए । यसका लागि १५ कराेड रुपैयाँ बजेट विनियाेजन गरिएकाे उनकाे भनाइ छ ।

उनले आव २०७९/०८० लाई घुमफिर वर्षको रुपमा घोषणा गर्न बजेट छुट्याइएको बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *