बागमती सरकारद्वारा कर्मचारीको तलब वृद्धि

डिसी नेपाल
१ असार २०७९ १७:५६

मकवानपुर । बागमती प्रदेश सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ । प्रदेश सरकारले आगामी वर्षको वार्षिक बजेट विनियोजन गर्दै प्रदेश कर्मचारीको तलब १५ प्रतिशतले बढाएको घोषणा गरेको हो ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामति सेवामा कार्यरत कर्मचारीको तलब संघीय निजामति सरह १५ प्रतिशत बढाइएको जानकारी दिए ।

सरकारले साउन १ गतेदेखि लागू हुने गरेर प्रदेश निजामति र करारमा कार्यरत कर्मचारीलाई मासिक २ हजार महँगी भत्ता दिने व्यवस्था मिलाएको उनले बताए । प्रदेश मातहतका कर्मचारीको सामूहिक १० लाख दुर्घटना बीमा गर्न बजेट विनियोजन गरिएको मन्त्री जमरकट्टेलको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *