जिसस महोत्तरीको प्रमुखमा लोसपा र उपप्रमुखमा एमाले विजयी

डिसी नेपाल
१ असार २०७९ २१:४२

महोत्तरी । जिल्ला समन्वय समिति महोत्तरीको निर्वाचनमा जसपा/कांग्रेस गठबन्धनलाई पराजित गर्दै चारपक्षीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् । लोसपा, एमाले, तमलोपा र स्वतन्त्र समूह गरी चारपक्षीय गठबन्धनले जीत हात पारेको हो । आज सम्पन्न मतदानको मतगणना परिणाम अहिले साँझ सार्वजनिक भएको हो ।

जम्मा ३० मतदातामध्ये लोसपाका उम्मेदवार सुमनकुमार लाल कर्णले १६ मत प्राप्त गरी प्रमुख पदमा जीत हासिल गरे । उनका प्रतिस्पर्धी जसपाका कृष्णशंकर साहले १४ मत प्राप्त गरेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी उपप्रमुखमा एमालेका ननु महरा गोलाप्रथाबाट विजयी भइन्। महरा र नेकाका धर्मेन्द्रकुमार यादवले बराबर १५/१५ मत पाएपछि गोलाप्रथाबाट उपप्रमुखको नतिजा आएको हो । प्रमुख/उपप्रमुखसहित नौ सदस्यीय समितिका अन्य सातै जना सदस्य चारपक्षीय गठबन्धनका विजयी भएका छन् ।

जम्मा १५ स्थानीय तहका प्रमुखर/अध्यक्ष (नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्ष) एवं उपप्रमुख/उपाध्यक्ष (नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्ष) गरी ३० मतदातामा जसपाका ११, लोसपाका आठ, नेकाका छ, एमालेका दुई, स्वतन्त्र समूहका दुई र तमलोपाका एक हुन् । तर जसपा/नेका गठबन्धनका स्पष्ट १७ जना देखिए पनि सबै मतदान भने दलगत आधारमा नभएको स्पष्ट भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *