मधेस प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगन

डिसी नेपाल
१ असार २०७९ २३:४५

जनकपुर । मधेस प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आज साँझ सूचना जारी गरी मधेस प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगित भएको जानकारी दिएको छ ।

प्रदेशसभाको आजको बैठकमा मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आर्थिक वर्ष ०७९/०८० को लागि बजेट प्रस्तुत गरेका थिए। प्रदेशसभामा बजेट प्रस्तुत भएसँगै सभामुख सरोजकुमार यादवले प्रदेशसभाको बैठक अर्को सूचना नहुञ्जेलसम्मको लागि स्थगित भएको घोषणा गरे ।

प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री साहले रु ४६ अर्ब ८८ करोड नौ लाख ९५ हजारको बजेट सार्वजनिक गर्नुभयो । प्रस्तुत बजेटमा चालुतर्फ रु २१ अर्ब ७६ करोड ६७ लाख (४६.४४ प्रतिशत) र पूँजीगततर्फ रु २५ अर्ब ८२ करोड २० लाख ८० हजार (५३.२१ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ रु १६ करोड २४ लाख ५६ हजार (०.३५ प्रतिशत) बजेट विनियोजन गरेको उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *