जिसस मकवानपुरको प्रमुखमा घलान निर्वाचित

डिसी नेपाल
२ असार २०७९ २२:२०

हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा ललितबहादुर घलान विजयी भएका छन् । हेटौंडा उपमहानगरपलिका वडा नम्बर १२ को अध्यक्ष घलान जिसस मकवानपुरको प्रमुखमा विजयी भएका हुन् ।

वडा अध्यक्ष छोडेर जिसस प्रमुखमा उम्मेदवारी दिएका घलानसहित सत्तारुढ गठबन्धनको प्यानल नै विजयी भएको छ । बिहीबार भएको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बुद्धिराम डिमडुङलाई हराउँदै घलान प्रमुखमा विजयी भएका हुन् । घलानले १७ मत प्राप्त गर्दा डिमडुङले ३ मत मात्र प्राप्त गरेका थिए । समन्वय समिति उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका सानुकाजी लुइटेल निर्विरोध निर्वाचित भएका छन् । उपप्रमुखमा लुइटेलको मात्र उम्मेदवारी परेको थियो । महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसका तारा ढुंगाना (१७ मत), विष्णुमाया थपलिया (१७ मत) र सुमित्रा थिङ (१७ मत) निर्वाचित हुँदा एमालेका बिनाकुमारी थिङ लामाले (३ मत) ल्याएकी थिइन् ।

दलित सदस्यमा नेकपा (एकीकृत समाजवादी)का सुनिता दर्नाल परियार निर्विरोध निर्वाचित भएकी छिन् । दलित समस्यमा उनको मात्रै उम्मेदवारी परेको थियो । खुलातर्फ ३ जना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का वीरेन्द्रकुमार लामा (१६ मत), नेकपा माओवादी केन्द्रबाट खड्कबहादुर पुलामी (१७ मत) र सुवर्ण गोपाली (१७ मत) विजयी हुँदा एमालेका तोयानाथ तिमल्सिनाले ३ मत प्राप्त गरेका थिए । वडा अध्यक्ष जितेका घलान समन्वय समितिको प्रमुखमा गएसंगै हेटौंडा उपमहानगरपालिकामा माओवादीे वडा अध्यक्षविहीन भएको छ । १९ वडा रहेको उपमहानगरमा माओवादीले एउटा मात्रै वडा जितेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *