सौराहामा चितवन राष्ट्रिय निकुञ्जले हजार बढि युवाको रोजगार खोस्यो

डिसी नेपाल
२ असार २०७९ २२:३३

चितवन । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गरेपछि नेचर गाइड पेसा गर्दै आएका स्थानिय युवाहरु समस्यामा परेका छन्। पहिलाको वर्षहरुमा निकुन्जले निकुञ्जभित्र गरिने जङ्गल सफारी मात्रै बन्द गर्ने गरेको भएपनि यस पटक भने जङ्गल वाकलगायतका गतिविधि बन्द गरेपछि नेचर गाइड पेशामा लागेका सौराहाका स्थानिय युवाहरु समस्यामा परेका हुन्।

विगत दुई वर्षदेखि कोभिड–१९ का कारण अस्तव्यस्त रहेको पर्यटन व्यवसाय उकासिने क्रममा रहेको अवस्थामा निकुञ्जले सरोकारवालालाई पूर्व सूचनाबिना एक्कासि असार १ गतेदेखि निकुञ्जमा हुने सम्पूर्ण पर्यटकीय गतिविधि बन्द रहने सूचना प्रकाशित गरेको नेचर गाइड एसोसियसनका अध्यक्ष राजेन्द्र धामीले डिसी नेपाललाई बताए ।

 

निकुञ्जभित्र गरिने जिप ड्राइभ प्रत्यक वर्षहरुमा बन्द हुने गरे पनि जङल वाकलगायतका पर्यटकीय गतिविधि कहिले पनि रोकिएका थिएनन्। तर यो वर्ष जिप सफारि सङै जङल वाक लगाएतका पर्यटकीय क्रियाकलाप पनि बन्द गरिएका कारण १ हजार भन्दा बढी नेचर गाइड पेसामा लागेका स्थानिय युवाहरु कामबिहिन भएका अध्यक्ष धामी बताउँछन्।

नेचर गाइड पेसामा लागेकाहरु सबै स्थानिय युवा हरुनै युवाहरु नै छन्। कोभिड–१९ का कारण समस्या भोगिरहेका नेचर गाइड पेशामा लागेका युवाहरुमा निकुञ्जले अहिले जारि गरेको सुचनाले अब परिवार पाल्न दैनिकि कसरि चलाउने भन्ने समस्याले पिरोल्न थालेको छ । निकुञ्जले जिप सफारी बन्द गरेपनि निकुञ्जभित्र गरिने जिप सफारि बाहेकका अन्य पर्यटकीय गतिविधि पुनः सुचारु गर्न पनि नेचर गाइडहरुले आग्रह गरेका छन्।

निकुन्ज भित्र गरिने जङल वाक भनेको नेचर गाइड पेशा गर्नेले प्रत्यक्ष रुपमा लाभ लिने पेशा पनि हो । यसरि सबै नेचर गाइड पेशामा लागेकाहरु लाइ पेशा बाटै पलायन गर्ने तरिकाले सुचना आउनु गलत भएको नेचर गाइडहरु बताउँछन्।

निकुञ्जले सुचना जारी गरे सङै सौराहा घुम्न आउन चाहाने पर्यटक हरुमा पनि नकरात्मक असर परेको छ । अहिले सौराहामा पर्यटकहरु खासै देखिदैनन्।

नेचर गाइड एसोसियसनले चितवन राष्ट्रिय निकुञ्जले पर्यटकीय गतिविधि बन्द रहने सूचना प्रकाशित गरेकोमा बुधवार निकुञ्जलाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ । निकुञ्जले जिप सफारि बन्द गरेपनि निकुञ्जभित्र गरिने जिप सफारि बाहेकका अन्य पर्यटकीय गतिविधि पुन सुचारु गर्न पनि नेचर गाइडहरुले निकुञ्जको ध्यानाकर्षण गराएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *