पहिरोका कारण भिमफेदी–काठमाडौं सवारी आवागमन प्रभावित

डिसी नेपाल
६ असार २०७९ १०:४०

मकवानपुर। मकवानपुरको ईन्द्रसरोवर गाँउपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खस्दा भिमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सवारी आवागमन हिजो बेलुकीबाट पुर्ण रुपमा प्रभावित भएको छ ।

अविरल बर्षाको कारण अन्दाजी १० मिटर सडकमा पहिरो खसेकाले सडक पुर्ण रुपमा बन्द भएको हो ।

हिजो बेलुकी पौने ८ बजे बाट अवरुद्ध सडक खुलाउने पहल भइरहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *