महोत्तरीमा सुनसहित एक जना पक्राउ

डिसी नेपाल
७ असार २०७९ ७:१७
24
Shares

महोत्तरी। महोत्तरीमा ११६.५० ग्राम बिस्कुट आकारको सुन बोकेर हिँडिरहेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्सीबाट गौशालातर्फ आउँदै गरेका एकडारा गाउँपालिका ५ का सुशील साह पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालयको अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

सम्सी हुँदै गौशालातर्फ पैदल आउँदै गरेका साहले बोकेको सुनको बिषयमा थप खुल्न सकेको छैन। साहले उक्त सुन कसरी र कहाँबाट ल्याएका हुन भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *