सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

डिसी नेपाल
९ असार २०७९ १३:२२

सप्तरी। सप्तरीमा बिहीबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पूर्व(पश्चिम राजमार्गअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका(१ स्थित कंकालिनी मन्दिर र कोशी ब्यारेजमा ना ५ ख १८९८ नम्बरको बस पल्टिएर दुर्घटना भएको प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ६० बर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको काफ्लेको भनाइ छ।

घाइते ११ जनामध्ये ६ जनाको भारदह अस्पतालमा र पाँच जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक फरार भएका छन् ।यात्रुबाहक बस अनियन्त्रित भइ सडकभन्दा २० फिट तल खसेको प्रहरीको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *