पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
कास्की। कास्कीको पोखरा महानगरपालिका–१३ गौडामुखमा गएराती मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा लम्जुङ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१३ भद्रकाली बस्ने अन्दाजी ५३ बर्षीया जुना कुमारी गुरुङ रहेकी छिन्।
पैदलयात्री गुरुङलाई गएराती पौने १० बजे ग११प ७३८५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएकी गुरुङको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा राती साढे १२ बजे मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment