नेपालमा ‘राम्रो काम’ गरेपछि अमेरिकी राजदूतलाई नयाँ जिम्मेवारी, उपप्रमुख पनि राजदूत बनाइए

डिसी नेपाल
१३ असार २०७९ १०:३९

काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी नामिबियाका लागि अमेरिकी राजदूत नियुक्त भएका छन्। नेपालस्थित अमेरिकी दूतावासका उपप्रमुख म्यानुएल पी मिकालर जुनियरलाई पनि राजदूतकै जिम्मेवारी दिइएको छ।

उनी ताजकिस्तानका लागि अमेरिकी राजदूतमा नियुक्त भएका छन्। नेपालमा कार्यरत रहँदा ‘राम्रो काम’ गरेका कारण उनीहरुलाई नयाँ जिम्मेवारी दिइएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार राष्ट्रपति बाइडेन प्रशासनले उनीहरुले नेपालमा गरेको कामको आधारमा उनीहरुलाई कूटनीतिमा सफल मानेको छ । उनीहरुले नेपालमा कार्यरत रहँदा नेपाल अमेरिका सम्बन्ध सुधार गर्न भूमिका खेलेको ह्वाइट हाउसको बुझाइ छ।

उनीहरुले नेपालमा एमसीसी पास गर्न र एसपीपी अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको ठहर गर्दै उनीहरुलाई नयाँ जिम्मेवारी दिइएको हो।

नेपालस्थित अमेरिका राजदूतावासका अनुसार र्‍यान्डी बेरी वरिष्ठ विदेश सेवाको करियर सदस्य, करिअर कूटनीतिज्ञ र करिअर मन्त्रीको वर्गका हुन् । उनी हाल नेपालका लागि अमेरिकी राजदूतका रुपमा कार्यरत छन्।

नेपाल आउनुअघि बेरी विदेश विभागमा लोकतन्त्र, मानव अधिकार र श्रम ब्यूरोमा उपसहायक सचिव थिए। त्यसअघि, एलजीबीटीआई व्यक्तिहरूको मानव अधिकारका लागि विदेश विभागको प्रथम विशेष दूत थिए।

बेरीले अमेरिकी दूतावास, काठमाडौंको डेपुटी चीफ अफ मिशनको रूपमा काम गरे । उनी पहिले न्यूजील्याण्डको अकल्याण्डमा अमेरिकी महावाणिज्य दूतावासमा र त्यसपछि नेदरल्याण्ड्सको एम्स्टर्डममा अमेरिकी महावाणिज्य दूतावासमा गरी दुई पटक प्रिन्सिपल अफिसर र कन्सुल जनरल थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *