नेताहरू विमानस्थल आउँदा खादामाला र लावालस्कर नलैजानुस् : एमाले उपाध्यक्ष पौडेल

डिसी नेपाल
१३ असार २०७९ १५:४०

बुटवल। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेताहरू जिल्लामा आउँदा विमानस्थलमा खादा, माला र गाडीको लावालस्कर नलैजान नेता कार्यकतालाई आग्रह गरेका छन्।

मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेपाल, रूपन्देहीले सोमवार बुटवलमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता पौडेलले सरल जिवनको छुट्टै महत्व हुने बताए ।

कुनै ठूलो उपाधि ओलम्पियन जितेर आएकालाई सम्मान गर्न उनले आग्रह गरे । ‘नेता काठमाडौंबाट जिल्लामा आउँदा गाडी छैन भने, बरु एउटा गाडी पठाइदिनुस् । तर गाडीका लस्कर, नेता/कार्यकता लाइनमा बसेर फूलमाला र खादा लिएर एयरपोर्ट जान आवश्यक छैन,’ उनले भने ।

पौडेलले जनताको बहुदलीय जनवाद (जबज) र अभिव्यक्ति स्वतन्त्रताबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताए । ‘हामी अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छौं । ओठेभक्ति र स्तूति होइन, मनैदेखि सैद्धान्तिक अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा छौं,’ उनले भने ।

मदन भण्डारीले नागरिकलाई अभिव्यक्ति स्वतन्त्रता दिनुपर्छ र प्रतिस्पर्धाका आधारमा समाजमा श्रेष्ठता हासिल गर्न सकिन्छ भन्ने मूल धारणा प्रतिपादन गरेको पौडेलले बताए । जनताको बहुदलीय जनवादका अलगअलग विशेषतालाई नागरिकबीच पुर्‍याउन आफू निरन्तर लागिरहेको उनको तर्क थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *