सौन्दर्यकला व्यवसायलाई पाठ्यक्रममा राख्नुपर्नेमा जोड

डिसी नेपाल
३२ असार २०७९ २१:३४

भक्तपुर । सौदर्यकला व्यवसायी महासंघकी केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले सौदर्य सम्बन्धी विषयलाई विद्यालय तहमा अध्ययन अध्यापनका लागि पाठ्यक्रममा राख्नुपर्ने बताएकी छन् ।

सौदर्यकला व्यवसायी संघ नेपाल जिल्ला समिति भक्तपुरको १५औं वार्षिक साधारणसभा तथा पाँंचौँ अधिवेशनको उद्घाटन गर्दै उनले अहिले जति राखिएको छ पाठ्यक्रममा त्यसलाई अझ बढाउँंदै लानुपर्नेमा जोड दिइन् ।

४२ वर्ष अगाडि आफूले सौदर्यकलाको व्यवसाय सुरु गर्दाको इतिहास सम्झँदै उनले अहिले यो व्यवसाय अझ बढी झाँगिँदै गएकोमा सन्तोष व्यक्त गरिन् । उनका अनुसार यो व्यवसाय अहिले बढेर ७० जिल्ला पुगेको छ । साथै यसबाट लाखौँ जना महिलाहरूले रोजगारी पाइरहेका छन् ।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले समय अनुसार सौदर्यकला व्यवसायलाई पनि अगाडि बढाउनुपर्ने बताए । समय अनुसार यो व्यवसायलाई पनि परिमार्जन गर्दै अगाडि बढ्न सके सफलता मिल्ने उनको विश्वास थियो । उनले अव हरेक महिलाले कुनै न कुनै व्यवसाय गरेर अगाडि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए ।

भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले व्यवसाय गर्दा सरकारले निर्धारण गरेका नियम कानुनको पूर्ण पालना गरी सरकारी सहुलियतलाई सदुपयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा संघकी अध्यक्ष समिता ध्वजू श्रेष्ठले संस्था जन्माउन जति गाह्रो छ, त्यो भन्दा हुर्काउन उति नै गाह्रो हुने अनुभव सुनाइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *