भारतमा राष्ट्रपतिको मत परिणाम आज, मतगणना नहुँदै उत्सवको तयारी

डिसी नेपाल
५ साउन २०७९ ९:३३
572
Shares

नयाँ दिल्ली। भारतमा राष्ट्रपति निर्वाचनको मतगणना हुँदैछ। जुलाई १८ मा सम्पन्न राष्ट्रपति निर्वाचनको मतगणना आज बिहान ११ बजेबाठ हुँदैछ। औपचारिकताका रुपमा हेरिएको राष्ट्रपति निर्वाचनको मतगणना आज ११ बजे सुरु हुनेछ।

निर्वाचनमा सत्तारुढ लोकतान्त्रिक गठबन्धन –एनडीए) का तर्फबाट आदिबासी सन्थाल महिला दौपदी मुर्मु र विपक्षीका तर्फबाट यशवन्त सिन्हा प्रतिष्प्रर्धामा छन्। मर्मुको निश्चित जस्तो भएकाले मतगणना औपचारिक मात्र भएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ। दिउँसो चार बजेसम्म मत परिणाम आउने अपेक्षा गरिएको छ।

भाजपाले द्रौपदी मुमुको विजयको उत्सव मनाउन व्यापक तयारी गरिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मुलाई तिनमूर्ति मार्गमा रहेको उनको अस्थायी आवासमा भेट्ने र चुनावी नतिजाघोषणा भएपछि बधाई दिने बताइएको छ।

मुर्मुको गृहनगर ओडिसास्थित रायरङपुरका बासिन्दाहरू पनि २०,००० मिठाईहरू तयार पारेर उत्सव मनाउन तयार छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *