हाइकु

डिसी नेपाल
२८ साउन २०७९ ९:५३

१.
सकेको टोक
गधाले झै सहन्छु
म तिम्रो प्रेमी !

२.
बाँच्नु न मर्नु
तिम्रो मायाको ताप
आगोमा खुसी !

३.
फूलका आँसु
अहँ मन पर्दैन
उन्मत्त भाले !

४.
तिमी जून हौ
जूनले पनि पोल्छ
भुक्तभोगी म !

५.
तिम्रो स्वभाव
मौसम जस्तै रुप
मुर्दा जीवन !

६.
त्यो तिम्रो मन
यातनाको शिविर
म कैदी प्रेमी !

७.
फूलको रुप
फूल देख्नै नहुने
आँखामा आगो !

८.
पीडामा खुसी
मर्दै मायामा डुब्दै
मायाको शक्ति !

९.
म पर्खि बसे
बटौ नै बदलेछौँ
विश्वास मर्यो !

१०.
छोइन्न मन
छरिएको मायाले
बाधिन्न मुटु !




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *