प्रचण्ड र बाबुरामबीच एउटै चिन्ह लिएर चुनावमा जाने सहमति

डिसी नेपाल
२९ साउन २०७९ २३:५६

काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको नेकपा(मा‌ओवादी केन्द्र)र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा एउटै घोषणा पत्र र एउटै चुनाव चिह्न लिएर जाने सहमति भएको छ ।

केही दिनदेखि जारी छलफल आइतबार पनि जारी थियो । आइतबारको छलफल मौखिक समझदारीमा पुगिसकेको र सोमबारसम्म लिखित समझदारी बनाइने नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

‘केही दिनदेखि जारी छलफलमा मौखिक रुपमा एउटै घोषणापत्र र एउटै चुनाव चिह्न प्रयोग गर्ने बारे सहमति भएको छ,’ पाण्डेले भने,’अब सोमबारसम्म लिखित रुपमा समझदारी गर्ने तयारी छ ।’

आइतबार पनि माओवादी अध्यक्ष पुप्षकमल दाहालको निवासमा भट्टराई र समाजवादीका अर्का अध्यक्ष महेन्द्रराय यादवसहितका नेताहरुले छलफल गरेका थिए । एउटै चुनाव चिह्न माओवादीले प्रयोग गर्दै आएको ‘गोलाकारभित्रको हँसिया हथौडा’ हुनेछ ।

निर्वाचन आयोगबाट मान्यता पाएको भट्टराई नेतृत्वको नेपाल समाजवादी पाटीको चुनाव चिह्न भने आँखा छ  । सहमतिबारे दुवैले आ-आफ्नो पार्टीमा छलफल गरेर सोमबार औपचारिकता दिने तयारीमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *