माओवादीको स्वीकृति : वामदेव र बाबुरामलाई हँसिया हथौडा चिह्नबाट चुनाव लड्न दिने

डिसी नेपाल
३१ साउन २०७९ ११:३१
88
Shares

काठमाडौँ। नेकपा माओवादी केन्द्रले वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई माओवादीको चुनाव चिह्न ‘हँसिया हथौडा’बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न दिने स्वीकृत गरेको छ।

पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले आगामी निर्वाचनमा गौतम संयोजक रहेको राष्ट्रिय एकता अभियान र डा. भट्टराई नेतृत्वको नेपाल समाजवादीलाई हँसिया हथौडा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

गौतम र भट्टराईको आग्रहअनुसार नै पार्टीले निर्णय गरेको उनले बताए।

गौतम र भट्टराई कमरेडले हाम्रो चुनाव चिह्नबाट आगामी संसदीय चुनावमा लड्ने विचार गर्नुभयो,’ प्रवक्ता महराले भने, ‘त्यसलाई हामी स्वागत गर्छौं। उहाँहरु र उहाँको पार्टीका अन्य सदस्यहरुलाई चुनावमा सहभागी हुन हामीले स्वीकृति गर्‍याैँ।’

साथै मंगलबार नै बाबुराम र माओवादीले संयुक्त चुनाव चिह्नबाट लड्ने जानकारी दिन निर्वाचन आयोग जाने कार्यक्रम रहेको नेता हरिबोल गजुरेल बताए। गौतमको पार्टी आयोगमा दर्ता नभएकाले जानकारी गराउनुनपर्ने उनले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *