मापसे गरी तीन जनामाथि एसिड प्रहार
सल्यान। तीन जना नातेदारलाई एसिड प्रहार गरेको अभियोगमा दार्मा गाउँपालिका–३ चम्फुटाकुरा बस्ने ५० वर्षीय बेचे रावतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
रावतले मादक पदार्थ सेवन (मापसे) गरी लेनदेनको विषयलाई लिएर एसिड प्रहार गरेको प्रहरीले जनाएको छ। उनले एसिड प्रहार गर्दा सोही ठाउँस्थित आफ्नै पसलमा बसिरहेका उनकै भाइ समेत ३ जना घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई करिव २२ लिटर एसिड सहित पक्राउ गरेको हो। तीनै जना घाइतेहरुलाई उपचारको लागि नेपालगन्जतर्फ पठाइएको छ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment