जुम्लाको अर्गानिक तरकारी संकलन गरिँदै

डिसी नेपाल
१ भदौ २०७९ १२:०४

जुम्ला। जुम्लामा उत्पादन हुने अगार्निक तरकारी निर्यातको लागि संकलन गर्न थालिएको छ। स्याउ, ओखर, सिमी, मार्सी धानलगायत कृषि जन्यबस्तु संकलन गरिएको हो। पछिल्लो समय तरकारीजन्य कृषि बस्तु पनि निर्यात हुने गरेको छ। यहाँ उत्पादन भएको आलु, भेडेखुर्सानी, काउली र गाेलभेडा उत्पादन हुने गरेको छ।

कृषि संकलन केन्द्रका व्यवस्थापक मानबहादुर बाेहराका अनुसार ७ क्विन्टल जुम्ला, १३ क्विन्टल मुगु, ९ क्विन्टल दैलेख, ७ क्विन्टल कालिकोट र ३ क्विन्टल स्थानीय रारालिही बजारमा टमाटर बिक्री गरिएको छ। यस्तै १०५ क्विन्टल स्याउ सुर्खेत र अछाममा क्विन्टल गरी १२ लाख बराबरको कारोबार गरिएको छ।

आलु खेती उत्पादन घटदो क्रममा रहेकोले स्थानीय आलुको उत्पादन बढाउनका लागि आईपीएम विधिमार्फत् आलुबाली कृषक पाठशाला संचालन गरिएको छ। उन्नत प्रविधि र परम्पारगत प्रविधिमा आलु रोप्ने गरिन्छ । दुबै गरी पाँच सय वर्ग मिटरमा आलुखेती गरिएको परियोजना संयोजक हेमराज भट्टले बताए। उनले भने, ‘पाठशाला पेस नेपालको सर्मथनमा निर्माण भएको सुधार सिल कृषक समुहमा १६ हप्ता सम्म सञ्चालन गरिएको हो।’

पाठशालाको अन्तमा उन्नत प्रविधिबाट ६ क्विन्टल र परम्पारगत प्रविधिमार्फत ४ क्विन्टलआलु उत्पादन भएको हो । यो कृषक पाठशाला कनकासुन्दरी गाउँपालिका ७ रोकायावाडामा सञ्चालित छ । किसानले पाठशालामा रोगकिराबाट कसरी जोगाउने भन्ने बारेमा खेतबारीमै नै सिक्न पाएका छन् । स्थानीय जैविक विषादी निर्माण गर्ने र जैविक विषादीबारेमा जानकारी प्राप्त गरेका छन् । पाठशालामा २४ जना समुहका सदस्यको सहभागीता छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *