ओ बादल (गीत)

डिसी नेपाल
११ भदौ २०७९ ८:२१

बादल ओ बादल आऊ तिमी नजिक आऊ
पारेर प्रीतिको वर्षा यो दिलमा जग्मगाऊ ।

कहिले आऊ चैतमास तूफानमा मिसिएर
कहिले आऊ बर्षायाम बाढी सँगै धसिएर
म भन्दिन तत्काल आऊ तर तिमी जरूर आऊ
पारेर प्रीतिको वर्षा यो दिलमा जग्मगाऊ ।

सुनसान चाँदनी रातमा शीतको थोपा बनेर
प्रत्येक बिहान पातमा तिमी टलटल टल्किएर
लजावती झारले झैं सर्माउँदै तिमी आऊ
पारेर प्रीतिको वर्षा यो दिलमा जग्मगाऊ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *