नागरिकता हराएको राष्ट्रियता

डिसी नेपाल
१३ भदौ २०७९ १२:१३

राष्ट्रियता भन्नाले साधारण अर्थमा राष्ट्रप्रतिको आस्था, माया, ममता र समर्पण हो। कुनैपनि राष्ट्रको राष्ट्रियता भनेको त्यो देशको राष्ट्रिय पहिचान हो, जसले राष्ट्रको भूगोल, स्वाधिनता, सार्भभौम सत्ता, राष्ट्रिय झण्डा र निशान, नागरिकता, राष्ट्रको भाषा, धर्म संस्कृति र समाजलाई इंगित गर्दछ जसलाई अरु देशले सहजै पहिचान गर्न सक्दछन्।

आज संसारका बिकशित मुलुकहरुले कैयौं पुस्तादेखि देशको राष्ट्रियतालाई कदर गर्दै आफ्नो सम्पूर्ण राष्ट्रिय पहिचानहरुलाई सर्बोत्तम मानी काम र कर्मको पथमा अनबरत रुपले लागि आएको हुँदा आज ती देशहरु संसारमा बिकाशको नाममा प्रशंसनीय र प्रसिद्ध भएका छन्।

अमेरिका, बेलायत, रुस, चीन, जर्मनी, फ्रान्स, इटाली, फिनल्याण्ड, डेनमार्क स्वीट्जरल्याण्ड, जापान, मलेसिया, सिंगापुर र भारत तथा पाकिस्तान पनि उत्तिकै बिकाशको उचाईमा छन्।

तर हाम्रो देशको राष्ट्रियता सुरुमै अरुलाई सुम्पिने काम भयो। अरुको भरमा उभिएको राष्ट्रियताको के भर? यो देशको मेरु दण्डको रुपमा रहेको राष्ट्रियता अरुको भरमा रहेकोले यो झन्डै अस्तित्वहीन अबस्थामा गुज्रिन पुग्यो। एउटा मेरुदण्ड भाँचिएको मान्छे जसरी मुढ शैलीमा बर्षौंदेखि ढलिरहेको हुन्छ, ठिक त्यसरी नै राष्ट्र ढलिरहेको छ। अस्तित्वहीन अबस्थामा।

नेपाल राजा पृथ्वी नारायण शाहको समुल प्रयत्नबाट जन्मिएको एक अधिराज्य हो, जुन राष्ट्र कुनैपनि अबस्थामा र कुनैपनि शासकको पालामा परनिर्भर रहे पनि प्रत्यक्ष रुपमा कसैको उपनिवेश बन्नु परेन।

पृथ्वीनारायण शाह देबको पालादेखि राष्ट्रियताको हुंकार छेड्दै आएको यो राष्ट्र नेपाल पछि राजाहरुको मनमानी शासनमा रहेर शक्ति हत्याउने काममा समय बितेर गयो। योबीचमा पाँच छ राजाहरु त काटिएर मारिए।

खै हाम्रो राष्ट्रियता, विकाश र समृद्धि? खै चौतर्फी विकास? खोइ जनताको विकाश र पहिचान? सबै बृद्ध भई सकेका छन्। के अब आजका देशका लुटेराहरुले बचाउन सक्छन्? खै हाम्रा राष्ट्रियता जोगाउने महेन्द्र, वीरेन्द्र, बिपी, किशुनजी र मदन भण्डारी? आज यी नेताहरुको अभावमा राष्ट्रियतामा कुठाराघात भइरहेको छ।

त्यस बखत देशमा जनताहरु अनपढ, चेतनशील र जागरुक नभएकाले देशको राष्ट्रियता शासक बर्गको हातमा कुण्ठित हुन पुग्यो। इतिहास बोल्छ-अदूरदर्शी राजाहरुको हातमा राष्ट्र गुज्रिनु परेकोले देशमा राष्ट्रियताको कुनै जगेर्ना थिएन।

जनतालाई अन्धकारमा राखी दरबारभित्र आफू झगडा गरी एकले आर्कोलाई थिचोमिचो र हत्या गरी पालैपालो सत्ता हडप्ने काममा मात्र तल्लिन थिए। नागरिकता वितरण गरी देशबासीलाई नागरिक भएर बाँच्न दिने र राष्ट्रियताको जगेर्ना र बिकाश गर्ने काम बिल्कुल भएन।

दरबारको कमजोर अबस्थालाई बुझेर सुरवीर जंगबहादुर रानाले भयंकर कोत काण्ड गरी सारा भारदार को नृशंस हत्या गरी कमजोर सत्तालाई आफ्नो हातमा लिइ कविर १०४ बर्षको जहानिया राणा शासनको सुरुवात गरे।

राष्ट्रियताको कुरा त परै जाओस, सम्पूर्ण नेपाली जनता फेरि रैती भएर बाँच्न बाध्य भए। राष्ट्र अन्धकारको गुफा भित्र फस्न पुग्यो। पृथ्वीनारायण शाहले ‘यो राज्य मेरा साना दुःखले आर्जेको मुलुक होइन’ भन्ने वाक्यांशले नै अनुमान लगाउन सकिन्छ कि राजा पृथ्वीनारायण शाहमा राष्ट्रियताको कति अपार माया थियो भन्ने विषय।

तर पछिका राजौटाहरु राष्ट्रियताका पुजारी नभएता पनि राष्ट्रलाई भने अन्य देशको गुलाम बन्न भने दिएनन्। २००७ सालको प्रजातन्त्रको आगमनले नेपालमा राष्ट्रियताको बिहानीको घाम झुल्केकै हो।

देशमा राष्ट्रियता जोगाउन र देशको पहिचान दिन विभिन्न नेताहरुले ज्यानको बाजी लगाइ राणाशाशनको अन्त्य गरे। राष्ट्र र राष्ट्रियतालाई रक्षा बन्धन गरी देशलाई एक हिसाबले स्वतन्त्र बनाइयो। तर प्रजातन्त्रको प्राप्तिपछि जनताको प्रधानमन्त्री भएका मातृका कोइरालाबाट सुरुमै राष्ट्रको राष्ट्रियता भारतलाई सुम्पिने काम भयो।

२००९ मा भारतीयलाई नागरिकता दिलाउन भारतकै नागरिकताविज्ञ मुर्गेशनको अगुवाईमा अंग्रेजीमा नागरिकता ऐन बनाइयो र नेपालीमा त्यस बेलाका नेपाली कानुनविद शम्भुप्रसाद ज्ञवालीबाट त्यसको अनुबाद गरियो। यहीँबाट भारतले आफ्ना अनेक दाजुभाइलाई नागरिकता प्रदानगर्ने प्रावधान राखी नेपालको राष्ट्रियतामाथि हालीमुहाली जमाउन सफल भयो।

हजारौं भारतीयहरुले अकल्पनीय नेपाली नागरिकता हासिल गरी राष्ट्रले भारतलाई नागरिकता बाँडेको कुरा इतिहासको पानामा प्रष्टसँग झल्किएको कुरा सबैलाई अवगत छ। यही बखतको बिहानिदेखि नेपालका राष्ट्रियताको धरोहरको रुपमा रहेको वन, जंगल, नदीनाला बिस्तारै भारतलाई सुम्पिन थालियो।

अखण्ड राष्ट्र नेपालको राष्ट्रियता गर्नुको साटो सबै भारतलाई नै सुम्पिइ नेताहरुको दिमाग भारतमुखी र शरीर नेपालीको धारण गरी दुई जिउको भारी बोकी शाशन गर्न थालियो। देशमा २०१५ सालको पनि सम्पन्न भएकै हो।

जननायक बिपी कोइराला देशको प्रथम प्रधानमन्त्री पनि भएकै हो। तर नागरिकता ऐन संशोधन नगरी वा मौजुदा नागरिकता ऐन नै कायम राखी निरन्तरता प्रदान गर्ने दुस्साहस गरियो। राष्ट्रमा दुई वर्षसम्म राष्ट्रियताको कुनै मुखरित भएन।

केवल सानो प्रजातन्त्रको चंगा उडाइ रहने मात्र काम भयो। भ्रष्टाचार, अन्याय र अत्याचारले सुरुमै बिस्तारै सिँढी चढ्न थालेपछि राजा महेन्द्रले विषम परिस्थिति महशुश गरे उप्रान्त राष्ट्रियता बचाउन २०१७ साल पुष १ गते सबै अधिकार आफ्नो अन्तर्गत राखी शाशन चलाउन थाले।

आज राष्ट्र रोइरहेको छ। राष्ट्रियताको लागि भौंताएर हिँडिरहेको छ। यहाँ राष्ट्रियता ध्वस्त गर्ने नाममा भ्रष्टाचारी नेता सबै लागेका छन्। देशको नक्शा बढाइएको छ भने जमीन खुम्चिँदै गएको छ। जंगे पिलर बिस्तारै सारिएको छ। आफ्नै जमिनमा बिबाद बढेको छ। यहाँ राजनीतिले राष्ट्रियताको नागरिकता च्यातिदिएको छ

दल र व्यबस्था भन्दा राष्ट्र र राष्ट्रियतालाई पहिलो प्राथमिकतामा राखी उनले राष्ट्रको शासन व्यवस्थालाई सुदृढ बनाउन थाले। व्यबस्था जे सुकै होस् तर राष्ट्रियता जोगाउने र राष्ट्रियताको रक्षाबन्धन बाँधेका राजा महेन्द्रले आफ्नो पालामा आजसम्म कसैले नगरेका कडा कामहरु गरेको इतिहासले बताउँदछ।

तर यसमा आजका लोभी र नैतिकता हराएका नेताहरुले राष्ट्रको राष्ट्रियताको धागो चुँडाली टुक्रा टुक्रा पार्ने र राष्ट्रलाई भ्रष्टाचारको दल दलमा फसाई राजनीति, अर्थनीति र सामाजीकरणलाई दण्डहीन अबस्थामा पुर्‍याइ झन्डै विश्वमा नेपाल राष्ट्रको गरीमा, शान र सौकतलाइ दोबाटोको मादल बनाई जोसुकैलेपनी बजाउन सक्ने तुल्याई सम्पूर्ण नीति नियमहरुलाई स्वदेशी र बिदेशी दुबैले मनपरी ढंगले बजाउन सक्ने बनाए।

आज राष्ट्रको पहिचान राख्ने राष्ट्रको नागरिकता, जल, जंगल, जडिबुटी र विभिन्न सम्पदाहरुको सत्यानाश गरिरहेका छन् र आफू पनि गाइजात्रे बनी धर्मराएर हिँडेका छन्।

आज ‘देश चिना हराएको मान्छे’ जस्तो राष्ट्रियता पहिचान हराएको बेवारिशे देश जस्तो बनेको छ। नैतिकता हराएका देशका भ्रष्टाचारी नेता, झोले कार्यकर्ता, दलाल र ठेकेदार उद्योगपति र धेरैजसो राष्ट्र सेवकहरुले राष्ट्रियता माथि खेलबाडको शाशन गरी देशलाई खोक्रो बनाइ सकेका छन्।

व्यवस्था गतिलो र केही सुधार ल्याउनु पर्ने भएता पनि नैतिकहीन शासक बर्गहरुको लापरवाहीले देशको राष्ट्रियताको नागरिकता आज हराएको छ। २०४८ सालपछि राष्ट्रको राष्ट्रियताको नागरिकता पानीमा भिझेको छ।

जताततै अन्योलको वातावरण छाएको छ। सारा जनताहरु यसलाई बचाउन लागिपरेका छन्। भिजेको नागरिकता सुकाउन लागिपरेका छन्। तर शासकको अन्याय र अत्याचार अनि राष्ट्रप्रति देखाएको बितृष्णा र स्वार्थीपनले यो ओभानो बनाउन निक्कै कठिन भएको छ।

यस्तो राष्ट्र लुटेर आफू स्वर्गको सुखको अनुभव गर्ने राष्ट्र द्रोहीलाई जरैदेखि उखेली देशको राष्ट्रियताको नागरिकताको जगेर्ना गर्ने देशले एक सपुत मागेको छ जो, अति दूरदर्शी, नैतिकवान, बिबेकी, बुद्धिमान, निडर र स्वाभिमानी होस्।

सिंगापुरका लि कुआन यु र चीनका डेङ जियाओ पिङ जस्ता निश्वार्थी नेताहरुको खोजी यो राष्ट्रले आज गरिरहेको छ। समय धेरै बितिसकेको छ। अब नेपालीको एउटा मात्र खोज बाँकी छ भने त्यो त्यस्तो नेताको नै खोज हो जसले राष्ट्रलाई गति दिन सकोस्।

आज राष्ट्रको राष्ट्रियता कहिले अमेरिकाको पोल्टोमा, कहिले भारतको पोल्टोमा त कहिले चीनको पोल्टोमा पालै पालो परिरहेकोले यसबाट उम्किन सारा तीन करोड नेपाली उठ्न पर्ने बेला आएको छ, अन्यथा राष्ट्रको नागरिकता हराउन अब धेरै समय छैन।

आज राष्ट्र रोइरहेको छ। राष्ट्रियताको लागि भौंताएर हिँडिरहेको छ। यहाँ राष्ट्रियता ध्वस्त गर्ने नाममा भ्रष्टाचारी नेता सबै लागेका छन्। देशको नक्शा बढाइएको छ भने जमीन खुम्चिँदै गएको छ। जंगे पिलर बिस्तारै सारिएको छ। आफ्नै जमिनमा बिबाद बढेको छ।

यहाँ राजनीतिले राष्ट्रियताको नागरिकता च्यातिदिएको छ। बिकाशको नाममा उद्योग कलकारखानाहरु बेचिएको छ। अर्थतन्त्रमा आगो लागेको छ। धर्ममा इशाई पसेको छ। देशको राष्ट्रिय पोशाक फेरिएको छ। टाइ सुट पेन्टमा भादगाउँले टोपी जोडिएको छ। भाषा हराएको छ।

नेपालीमा अंग्रेजी मिसाई बोलिने गरिएको छ। देशको राष्ट्रियता झल्काउने पर्यटन ब्यबसाय ठप्प छ। नेपाल बायु सेवा निगम अलपत्र छ। हिजो विश्व घुम्ने हवाई जाहाजÞ आज नेपाल भित्र उडिरहेको छ। यसरी नै सबै कुरामा देशको राष्ट्रियता हराइरहेको छ।

राजनीतिको अदूरदर्शी महत्वाकांक्षाले सम्पूर्ण सेवाका कर्महरु ओझेलमा परेको छ। सम्पूर्ण ठूला पदहरुमा पैसाको मूल्य तोकिएको छ। यहाँ राष्ट्रपति गलेकी छिन्। प्रधानमन्त्री अकर्मण्य छन्। मन्त्रीहरु जोर बिजोर खेलमा मस्त छन्।

सांसदहरु धारे हात लगाई आफू आफैं मिलेर खान मस्त छन्। नेताहरु अझै लुट्नमा मस्त छन्। समस्टिगत रुपमा देशको राष्ट्रियतामा ठूलो तुषारापात भएको छ। राष्ट्रियताको परिचय नागरिकताको प्रमाणपत्र हरेक चुनाबको पहलुमा बेचिन्छ।

खै हाम्रो राष्ट्रियता, विकाश र समृद्धि? खै चौतर्फी विकास? खोइ जनताको विकाश र पहिचान? सबै बृद्ध भई सकेका छन्। के अब आजका देशका लुटेराहरुले बचाउन सक्छन्? खै हाम्रा राष्ट्रियता जोगाउने महेन्द्र, वीरेन्द्र, बिपी, किशुनजी र मदन भण्डारी? आज यी नेताहरुको अभावमा राष्ट्रियतामा कुठाराघात भइरहेको छ।

दलहरुबीचमा लुछाचुँडी चलिरहेको छ। देशमा भएको चरम दण्डहीनताले देश योग्य र विज्ञहरुको हातमा परेको छैन। तसर्थ यो राष्ट्र लुट्ने, दोहन गर्ने र राष्ट्रमाथि खेलबाड गर्ने परजीबी नेतालाई हटाई राष्ट्रको राष्ट्रियता जोगाउन आजका होनहार नवयुवकको हातमा देशको सत्ता जानै पर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *