लघु कथा: कमिशन चैं खान्छन्

बालकुमारी घिमिरे 'गजलिका'
१८ भदौ २०७९ १४:००
80
Shares

कली र हर्कबिर पति पत्नी हुन्। हर्कहिर सरकारी जागिरे हुन् भने कली गृहिणी। पतिको कमाईबाट यिनीहरू घर गृहस्ती चलाउँछन्। पति बिहान १० बजे कार्यालय जान्छन् र साँझ ४ बजे घर फर्कन्छन्। कली बाल बच्चाको हेरचाह लगायत घरको अन्य कार्य गर्छिन् । घरको सबै काम सकेपछि कली आफ्नी मिल्ने साथी चमेली सँग दुख सुखका कुराहरू साटासाट गर्ने गर्छिन्।

एक दिनको कुरो हो कलीले छिटोछिटो घरको काम सकेर चमेलीको घर गई। उनीहरू बीच धेरै कुराहरू साटासाट भयो । यसै सवालमा कलीले चमेलीलाई सोधी, ‘ओइ चमेली तेरो श्रीमान र मेरो श्रमान् एउटै दर्जाका कर्मचारी हुन् तर मेरा श्रीमानले त तलब धेरै छैन भन्छन्। जे किनौं भने पनि पैसा छैन भन्छन्। तेरो त गाडी पनि छ, छोरी छोरी महंगो स्कुलमा पढ्छन् अनि गहना पनि बर्षेनी किन्छेस ? यो साल तीजमा पन्ध्र हजारको साडी किनें भन्छेस। घर पनि ठुलो बनाईस। तेरो आफ्नो कमाई छैन। हैन ! तेरा श्रीमानले कतै लामो हात त गर्दैनन् ?’

चमेलीले हाँस्दै उत्तर दिई, ‘काँ हुनु र कली मेरा श्रीमान त साह्रै सोझा छन् नि । घुस खान जान्दैनन्, भ्रष्टाचार पनि गर्दैनन् तर कमिशन चै खान्छन् !’

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *