मधेस विश्वविद्यालयको उद्घाटन

डिसी नेपाल
२२ भदौ २०७९ २१:४४

वीरगञ्ज । मधेस प्रदेशमा, मधेस विश्वविद्यालयको आज वीरगञ्जमा औपचारिकरुपमा उद्घाटन गरिएको छ । आज वीरगञ्जमा आयोजित एक विशेष कार्यक्रमबीच पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आथित्यतामा विश्वविद्यालयको उद्घाटन समारोहको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, नेपाल सरकार वन तथा वातावरणमन्त्री प्रदीप यादवलगायत विशिष्ट पाहुनाको मन्तव्य राख्ने कार्यक्रम जारी छ । मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा दीपक शाक्य, वीरगञ्ज महानगरपालिका नगर प्रमुख राजेशमान सिंहलगायतले विभिन्न व्यक्तित्वको आ–आफ्नो विचार राख्नुभएको छ भने अन्य अतिथिले पनि बोल्ने क्रम जारी छ ।

विभिन्न विश्वविद्यालयका उपकुलपतिसहित विभिन्न राजनीतिक दलका नेतासहित विभिन्न सरोकारवालाको उल्लेखनीयरुपमा सहभागिता रहेको छ । मधेस विश्वविद्यालयको कार्यालय हालका लागि वीरगञ्ज महानगरपालिका–१२ श्रीपुरस्थित नेशनल ट्रेडिङ भवन परिसरमा सञ्चालन गर्ने तयारी गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *