थाहा पाउनुहोस् आजको राशिफल

डिसी नेपाल
२५ भदौ २०७९ ६:२६

आजको पात्रो: आज२५ भदौं, २०७९, शनिबार । तद्नुसार सेप्टेम्बर महिनाको १० तारिक २ ०२२ । भाद्रशुक्लपक्ष पूर्णिमा, बव करण, शतभिषा नक्षत्र, धृति योग, चन्द्रमा कुम्भ राशिमा रहेको छ। आजको देवता बरुण र ग्रहदेव राहु रहेको छ । शनिवारको दिन संकटा र शनि मन्दिरको यात्रा शुभ हुनेछ ।

शनिबारको दिन विहान पिपलको बृक्षमा जल अभिषेक गर्नु उत्तम हुनेछ । आजको विहानको सूर्योदय ५ः४६ मा सूर्यास्त ६ः१८ मा हुनेछ । आज विहान ११ः३७ देखि १२ः३६ सम्म अभिजित मुहूर्त रहेको छ । आज पूर्णिमाको दिन भएकाले आफूले सोचेको कार्यहरु पूरा गर्ने उत्तम दिने हो ।

हरेक महिनाको पूर्णिमा सबै भन्दा राम्रो दिन मानिन्छ । पूर्णातिथि भएकाले पनि आजको दिन उत्तम छ । शनिवारको दिन छुट्टी भएकाले पनि घर गृहस्थका कार्यहरु गर्दा शुभ मानिन्छ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

व्यापार ब्यवसायबाट अर्थ लाभ नहुनसक्छ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । परिवारको साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछ । छोटो दुरीको यात्राको अवसर प्राप्त हुनेछ । यात्राबाट आज तपाईलाई फाइदा हुनसक्छ । शुभसमयमा यात्रा शुरु गर्नुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुनसक्छ । तपाईको सकारात्मक हुन जरुरी छ । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । आजको दिन विहान सूर्योदय र शिवालयको दर्शन गरेर मात्र दिनको कार्य शुरु गर्दा तपाईलाई राम्रो हुनेछ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । मिथुन राशिमा जातकको लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु वेश होला । परिवार र आफन्तजनसँग विवाद हुनसक्छ । आर्थिक हानी हुने काम नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

पारिवारिक तनावका कारण चिन्ता हुनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्दा पनि अनावश्यक खर्च हुनेछ । त्यसैले आजको शनिवार आफनो नियमित काममा ध्यान दिनु उत्तम हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । आजको दिन नयाँ काम शुरु गर्दा सफल हुनेछ । मित्र र आफन्तजनसँगको भेटबाट तपाईलाई आर्थिक लाभ समेत हुनसक्नेछ । तपाईलाई मानसम्मान मिल्नेछ । घर गृहस्थको काममा ध्यान दिनुहोला।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालयमा जानुभयो भने फलफूल वितरण गर्नसक्नुहुन्छ । कुमारी कन्याको दर्शन गर्नुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन हुने तपाईको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा जातकले सोच विचार गर्नु उत्तम होला । आजको दिन घरभित्र बसेर गृहस्थ कार्य गर्नु वेश हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

यात्राको अवसर र नयाँ कामको संभावना बढ्ने छ । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक हानी हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । लाभ भन्दा बढी हानी हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आजको दिन आकस्मिक धनलाभ हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नुहोला । विहानको सूर्योदयको दर्शन गरी आज तपाईले गर्नु खोज्नुभएको काम सफलता मिल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन सरस्वतीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको पारिवारिक यात्राले मन हर्षित हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

तपाईलाई आज सामाजिक सेवाबाट मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । कुमारी कन्यालाई भोजन गराउनु होला । आफन्तको साथ सहयोग पाउनुहुनेछ । चन्द्रमाको साथ रहेको छ । आज विहान सूर्य दर्शन गर्नुहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

अध्यात्मिक कार्यमा समय खर्च हुनेछ । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फााइदा हुनेछ । रचनात्मक काममा समय खर्चनु भएमा तपाईको कार्यसिद्ध हुनेछ । परिवारमा खुसियाली छाउने छ । मानसम्मान मिल्नेछ । आजको दिन सामाजिक काममा समय खर्च गर्नुहोला । गृहस्थ कर्ममा ध्यान दिनु र गुरुजनको साथमा अध्ययन अध्यापनको चर्चा गर्नुहोला।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *