बालेनको डोजर

शंकरप्रसाद रिजाल
३० भदौ २०७९ ८:२२

गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा लौरो चुनाव चिन्हबाट विजयी बनेका स्वतन्त्र उम्मेदवार बालेन साह यतिबेला चर्चाको विषय बनेका छन्। पेशाले इन्जिनियर बालेन तराई मुलका व्यक्ति हुन्।

स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि सकारात्मक कामको सुरुवात गरेका छन्। राजधानीमा भयावह बन्दै गएको फोहोर व्यवस्थापन चुनौतीपूर्ण थियो।

त्यसका लागि उनले फोहोर विसर्जन गर्दै आएको ठाउँ सिसडोल र बञ्चरे डाँडाको बारम्बार अवलोकन गरे, स्थानीयको समस्या सुने, यसअघि घएको सहमतिको विषयमा अध्ययन गरे। यो बीचमा फोहोरमा निकै ठूलो राजनीति भयो। बालेनलाई असफल बनाउने विभिन्न प्रयत्न भए।

उनले उनी आफूले निर्वाचनमा जनता सामू गरेको वाचा अनुसार काम गरि छाड्ने प्रतिवद्धतामा दृढ देखिएका छन्। र अहिले काठमाडौंको फोहोर व्यावस्थापन सहज ढंगले भइरहेको छ।

नेपालका युवापुस्तामा राजनीतिकप्रति बढ्दो वितृष्णालाई चिर्दै एउटा पढालेखा, भिजन भएको र काम गर्ने हिम्मत भएको मानिसलाई हतोत्साहित पार्न प्रमुख भनिएका दलहरुबाट ठूलो अवरोध आउँछ भन्ने कुरा बालेनलाई पहिला नै थाहा भएको हुनुपर्छ।

आफू पनि काम गर्न नसक्ने र अरुले गरेको पनि सहन नसक्ने बाँदरे प्रवृत्ति नेपाली राजनीतिमा विद्यमान छ। यसलाई चिर्दै अगाडि बढ्नु अब बालेनको अर्को चुनौती हो। किनभने यहाँ काम गर्ने मानिसलाई पाइलै पिच्चे अवरोध गरिन्छ।

यो बीचमा बालेनले जसरी जोश, जाँगर, फुर्ती, निडरता र उर्जा तथा शक्तिले काम गर्दै आएका छन्, त्यसैगरी आफ्नो कार्यकार भरी काम गर्न सके भने महानगरपालिकाको मुहार फेरिन्छ।

यहाँ फोहर मात्र होइन, फोहरको साथ् साथै खुल्ला सडकमा अनियमित र मापदण्ड बिपरित पूर्व माहानगर पालिकाका र वडा कार्यालयका घुस्याहा कर्मचारीलाई पैसाको प्रलोभनमा पारेर घर टहरा बनाएका सम्पूर्ण निर्माणकर्ताहरुलाई ३५ दिने सुचना निकाली अटेर गर्ने र म्याद गुजार्ने सम्पूर्णलाइ बालेनले डोजÞर अभियान चलाएर भत्काइ दिएका छन्।

यसका साथै पार्किङको लागि भनेर बनाइएका सम्पूर्ण बेस्मेन्टलाई उनले पार्किङकै लागि भनेर तत्काल खालि गर्न लगाएका छन्। काठमाडौं महानगरमा उनले आँखाले भ्याएसम्म र सूचना पाएसम्म अवैध संरचना भत्काइरहेका छन्। यो काममा जनताबाट चर्को बिरोध र अबरोध आउला भनेर यसलाई तिब्रता दिएका छन्। अवैध संरचना भत्काउने कामलाई उनले तीव्रता दिनुले यो अभियानले पूर्णता पाइसकेपछि अर्को कुनै नयाँ अभियानको पर्खाइमा बालेन रहेको पुष्टि हुन्छ।

अहिले बालेनको कामप्रति महानगरबासीको ठूलो समर्थन रहेको देखिन्छ। जसले गर्दा बालेन झन बलिया बनेका छन्। यस्तो बलियो उनको इच्छा शक्ति र जनताहरुको साथ र समर्थनले काठमाडौं सुन्दर हुने अपेक्षा गर्न सकिन्छ।

काठमाडौंमा हजारौंले सडक पेटी मिचेर पसल खोल्ने, राजनीतिको आडमा दादागिरी गर्ने, पार्किङ बेस्मेन्टलाई ठूल्ठूला रेस्टूराँ बनाउने, क्लब बनाउने, गार्मेन्ट स्टल बनाउने र लाखौँ लाख कुम्ल्याउने र सडकमा पार्किङ गराएर अब्यबस्थित गराउने मिचाहा प्रवृत्तिलाई बालेनले निरुत्साही बनाएका छन्।

आज बालेनको डोजर अनियमित र मापदण्ड बिपरित बनाएका र प्रयोग गरेका संरचना खोजी खोजी हिँडिरहेको छ। डोजर जति बलियो छ बालेको मन पनि त्यत्तिकै बलियो छ। उनी कुर्सीमा १०-५ बस्दैनन्। बाहिरै खटिरहेका हुन्छन्। आफैं सडकमा उत्रिएका छन् र अनियमिता गर्नेलाई सम्झाउँदै बुझाउँदै यो काम गरिरहेका छन्।

यस बाहेक बालेन फेरि महानगरलाई बर्षौंसम्म कर नतिर्ने ठालुहरुलाई कर तिर्न चर्को दवाब दिइरहेका छन्् र नतिर्नेहरुलाई ब्यापार ब्यबसाय सिल गर्नेतर्फ लागेका छन्। बालेन आफैमा पनि एक सवल र अनुभबी इन्जिनियर हुन्।

उनलाई घर जग्गा बाटो घाटोको नाप्नक्साको राम्रो ज्ञान छ। एक अनुभबी र राम्रो ज्ञान भएर नै होला उनले यो काम निरन्तर गरिरहेका छन्। काठमाडौंको संरचना बिगत ३० बर्षदेखि बनाउने, भत्काउने र टालटुले अबस्थामा रही आएको उनलाई राम्रो थाहा छ। सहरको बाटो पेटी सडकमा पसल थापिएका छन्।

रोजी रोटी कमाउन भनेर भारतीय मुलका मानिसहरु आएर नाना थरिका पसल खोलेका छन्। यसैमा फेरि सडकका पेटीमा पसल थापे प्रशस्त बिक्री हुने भनेर नेपालका विभिन्न पहाडी जिल्ल्लाबाट लत्ता कपडा र जुत्ताको ब्यापार गर्ने पनि कम छैनन्।

ती दुबैको मिश्रंणले सहर र सहरका बाटाहरु चेपिएका छन्। झन् पार्किङ नै सडकमा गर्नाले मोटर गुड्ने सडक खोजी हिड्नु पर्ने बेला आएको छ। यस्तो अब्यबस्थित काठमाडौंलाई ब्यबस्थित र सुन्दर बनाउने अभियानमा बालेन शाह लागेका छन् र यो उनको कर्तव्य पनि हो।

सम्पूर्ण कर नतिरी बस्ने ठुला कम्पनीलाई पनि २४ घण्टे अल्टिमेसन दिइ कर असुल गर्ने कुरामा पनि बालेको ध्यान जानुपर्छ। काठमाडौंलाई सके उनको पहिलो कार्यकालमै सफा, सुन्दर र हराभरा बनाउन सकून्। बालेनलाई शुभकामना




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *