कृषिमा बजारीकरण गर्न सरोकारवालाहरूको ध्यानाकर्षण

डिसी नेपाल
३० भदौ २०७९ २३:३८

महोत्तरी । मधेस प्रदेशका विभिन्न पालिकाहरूलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने सम्बन्धमा पालिका प्रतिनिधि र सरोकारवालासँग छलफल भएको छ ।

आज आइसिमोड र सामुदायिक विकाश पैरवी मञ्चको संयुक्त आयोजनामा बर्दिबासमा भएको उक्त कार्यक्रममा सरोकारवालाहरूले कृषिमा बजारीकरण नभएकोमा चिन्ता व्यक्त गरे ।

समृद्धिको मुख्य आधार कृषि हुँदाहुँदै पनि कृषिलाई व्यावसायिक बनाउन नसकिएको प्रति पनि उनीहरूले ध्यानाकर्षण जनाए ।

लामो समयदेखि वातावरण र समुदायसँग नजिक भएर काम गरेका दुवै संस्था आइसिमोड र सामुदायिक विकास तथा पैरवी मञ्चले सरोकारवालाहरूको सुझाव सङ्कलन गर्दै उक्त समस्याप्रति प्रतिबद्ध रहने बत्ताएका छन् ।

आइसिमोडले नदीमा बाढीको बहाव बढ्दै गएपछि त्यसको सूचना दिन अत्यधिक प्रविधि जडान गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *