केसीको अनशनको आज पाँचौ दिनः स्वास्थ्य अबस्था जटिल बन्दै

काठमाडौं । डा. गोविन्द केसी अनशन बसेको आज पाँचौँ दिन भएको छ । चिकित्सा सुधारको माग राख्दै २० औँ पटक अनशन बसेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
स्वास्थ्य अवस्था जटिल हुन थालेपछि डा. केसीलाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ । तर, उनले औषधि लिन मानेका छैनन् । उनका सहयोगमा खटिएका डा. अमृत जैसीले, ‘ब्लड प्रेसर घटेको छ । मुटुको चालमा पनि घटबढ भइरहेको छ । औषधि लिन मान्नु भएको छैन,’ भनेका छन् । डा केसीले वार्ताका लागि सरकारले उच्चस्तरीय समिति बनाउनु पर्ने माग राखेका छन् ।
प्रतिक्रिया
Facebook Comment