डेंगुको संक्रमणदर उच्च, १३ जनाको मृत्यु

डिसी नेपाल
३१ भदौ २०७९ १६:१९

काठमाडौं । मुलुकभर डेंगु संक्रमणको दर उच्च रुपमा फैलिरहेको छ । डेंगुका कारण हालसम्म १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
श्रावण यता दुई महिनामा डेंगु संक्रमितको संख्या १३ हजार नागेको छ । मन्त्रालयका अनुुसार मुलुकभर दुई जिल्ला छोडेर ७५ जिल्लामा १३ हजार ७ जनामा डेंगु संक्रमण देखिएको हो ।

सबै भन्दा कम संक्रमण रहेको कर्णाली प्रदेशमा भने १८८ संक्रमण देखा परेको छ । मन्त्रालयकोे पछिल्लो तथ्यांक अनुसार हाल कर्णाली प्रदेशमा १८८, जना मधेश प्रदेशमा २२६, गण्डकी प्रदेशमा २९१, सुदुर पश्चिम प्रदेशमा ४०४, १ नम्बर प्रदेशमा ४१७, लुम्बिनी प्रदेशमा १ हजार ५१०, बागमती प्रदेशमा ९ हजार ९७१ जना रहेका छन् ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *