कोरोना संक्रमित भन्दा निको हुने बढी

डिसी नेपाल
१ असोज २०७९ १६:३८

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढी देखिएको छ । पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर १३१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार ९६६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *