जनप्रतिनिधिलाई कर्मचारी भारी : कर्मचारीकाे टिमले जित्याे फुटबलकाे उपाधि

डिसी नेपाल
३ असोज २०७९ १३:५५

महोत्तरी। बर्दिबासमा सम्पन्न एक दिवसिय फुटबल प्रतियोगीताको उपाधि कर्मचारीहरूकाे टिमले हात पारेकाे छन्। संविधान दिवसको अवसरमा आयाेजित कर्मचारी र जनप्रतिनिधिबीचकाे खेलमा जनप्रतिनिधिकाे टिमलाई २-१ ले पराजित गर्दै कर्मचारीले उपाधि हात पारेकाे हाे।

उपाधिसँगै टोलीलाई नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले मेडल र ट्रफीबाट सम्मान गरेका छन्। कर्मचारीबाट विकास कोइराला र विक्रम थापाले गाेल गरे भने जनप्रतिनिधिको टिमबाट विराट बिष्टले १ गोल प्रहार गरे।

कर्मचारीको तर्फबट हेमाङक सुवेदीले दोश्रो चरणको खेलमा त्रुटि गरेपछि विराट विष्टले पेनाल्टीबाट १ गोल गरेका थिए। तर, जनप्रतिनिधि देवेन्द्र लामाले उत्कृष्ट प्रर्दशन गरे। कर्मचारीबाट रामहरि भुजेलले दिएको पासलाई विक्रम थापाले गोलमा परिणत गरे।

दोश्रो चरणको अन्तिममा विकास कोइरालाले प्रहार गरेको बललाई गणेश आचार्यले रोकेर पनि हातबट फुत्काएपछि १ गोल गरेर कर्मचारीहरूले १ गोल थप गरे। संविधान दिवसको अवसरमा बर्दिबास नगरपालिका र बर्दिबास कर्मचारी मिलन केन्द्रले आयोजना गरेको मैत्रीपुर्ण खेलबाट जनप्रतिनिधि र कर्मचारीबिचको समबन्ध थप समधुर भएको यातायात कार्यालयका प्रमुख पोषण थापाले बताए।

खेलमा नगरभरीका निर्वाचित जनप्रतिनिधि र नगरभित्र कार्यरत सरकारी कार्यालयका कर्मचारी सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *