दशकपछि आयोजकले जित्यो २०औं लिस्नुकपको उपाधि

डिसी नेपाल
४ असोज २०७९ ६:३४

भैरहवा। रुपन्देहीको कोटीहवामा सञ्चालित २०औं लिस्नु कप फुटबल प्रतियोगिताक उपाधि आयोजक लिस्नु युवा क्लबले जितेको छ। पशुपति माविको खेल मैदानमा भएको फाइनल खेलमा आयोजक लिस्नुले छिमेकी टिम फर्साटिकर एफ सी लाई १ गोलले हराएको हो। आयोजक एक दशकपछि पुनः च्याम्पियन भएको हो।

एक नाइजेरीयन खेलाडी फोडे फुफानासहित मैदान ओर्लिएको आयोजक लिस्नुले पहिलो हाफमा १ गोल मात्र गर्न सफल थियो भने फर्साटिकर २ गोल गर्दै अग्रस्थानमा थियो। त्यसपछिको दोस्रो हाफमा लिस्नुले पुनः १ गोल गरेपछि खेल निकै रोमाञ्चक स्थितिमा पुग्यो। खेल बराबरीमा सकिएको थियो।

ट्राइब्रेकरमा ५र५ जनाले प्रहार गरेको गोल दुवै तर्फबाट पुन: ४-४ गोल भयो। त्यसपछि पनि ३-३ जनाले प्रहार गरेको गोल पनि निर्णयको बिन्दुमा पुगेन। सँगै गोल किपरको प्रहार पनि जित हारको साबित भएन । त्यसपछि भएको ३-३ जनाको प्रहारमा फर्साटिकरको एक बल पोलमा ठक्कर खाइ बाहिर गएपछि लिस्नुको जित पक्का भयो।

विजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *