मेरो अदृश्य प्रेम कहानी

मुना थापा
४ असोज २०७९ ११:१३
248
Shares

म यस्तो प्रेम मा छुँ, जहाँ काल्पनिक छ मेरो प्रिय मान्छे।

मेरो प्रेम काहानीको प्रेमी। उ को हो? कहाँ बस्छ? के गर्छ? नाम समेत थाहा छैन मलाइ।
हाहाहा…।

यो पागल रहिछ लाग्यो नि तपाईँहरुलाई है! हो म पागल नै हुँ, समझदार भएको भए त मन खोलेर कहाँ हास्थे र !!

हो, उ मेरो मुटुमा छ, जब आँखा बन्द गर्छु अनि उ आउँछ। कहिले काहीँ रिसाउँछु, उँ सुन्दर गुलाबको बुक्के ल्याएर मलाइ फकाउँन खोज्छ, कतै गएर तिमीलाई मन पर्ने खाना खाऊ न भन्छ!  म लाडिन्छु उसको प्रस्तावलाई अस्विकार गरे झैं गर्दिन्छु, अनि उ कान समाएर माफ माग्छ।

म माफी दिदिन्छु, कहिले काहीँ म दु:खीःहुन्छु, मन भरिएर आउँछ उसको काधमा टाउको राखेर भक्कानिदै रुन्छु, उ टुलुटुलु मलाइ हेरिरहन्छ, सायद सोच्दो हो रोएपछि मन हल्का हुन्छ।

कहिले काहीँ मेरो खुसी को सिमाना हुँदैन। उसित बिताएका हरेक पल आनन्दित लाग्छ मलाइ, मानौं म स्वर्गमा छुँ, उ मेरो इन्द्र अनि म कुनै सुन्दर परी हुँ, कल्पना नै त हो…..

उप्रति गुनासो पनि हुन्छ मेरो !

कहिले काहीँ उसलाइ पटकै मेरो ध्यान हुँदैन, उ मप्रति जति घनिष्ठ छ उ आफ्नो काम परिवार साथी भाइप्रति उति नै घनिष्ठ छ, उ सवैको प्रिय अनि सवैको सम्मानिय व्यक्तिमा पर्छ। मैले मेरो प्रेमिमा जस्तो गुण चाहेको थे उ शतप्रतिशत उस्तै छ। आहा….कति मायालु छ, ईश्वरको वरदान जस्तो।

जब देखि मैले आफूलाई युवा अवस्था भएको महसुस गरे तबदेखि उ मसित छ, उ कस्तो देखिन्छ थाहा छैन तर जब उसलाइ महसुस गर्छु उ सबैभन्दा सुन्दर हृदयको, सबैलाई सम्मान गर्ने, सबैलाई माया गर्ने, सबैलाई सहयोग गर्ने, कुनै पनि छलकपट नभएको एक असल पुरुष पाउँछु!

उ सबै भन्दा अलग छ, लाग्छ उ यो दुनियाँ कै होइन उसको दुनियाँ अलग्गै होला, यहाँ उ मलाइ भेट्न मात्र आउँछ, जे होस मलाइ उ असाध्य प्रिय लाग्छ, उसको बारेमा अनि हामी दुई को प्रेमको बारे जति नै लेखे नि कम नै हुन्छ!

सांसरिक प्रेम भन्दा भिन्न छ मेरो प्रेम अनि मेरो प्रेमी,

न कसै को डर छ हामीलाई, न केही लालच, न छुट्टिने पिर, न कुनै शंका नै ! जब सबै काम सकेर ओछ्यानमा पुग्छु, आँखा बन्द गर्छु, अनि उ आउँछ जिस्किन्छ चल्छ, कहिले काहीँ झगडा पनि गर्छ। उसका कुराहरु सुनाउँछ, मेरा कुराहरु पनि सुन्छ। अनि मायालु भावले मेरो निधार चुम्छ, कति खेर म निदाउँछु, कति खेर उ जान्छ पत्तो नै हुँदैन।

दिनचर्या पछिको रात अनि आँखा चिम्म गरेर उसैको पर्खाइ …यस्तै चलिरहेछ मेरो अदृश्य प्रेम कहानी।

आहा कती मिठो छ है! सांसरिक प्रेम कहानी सकिन्छ, कहिले प्रेमिका फेरिन्छन त कहिले प्रेमिका फेरिन्छन, कहिल प्रेम कहानी फेरिन्छ। तर मेरो प्रेम काहानी अटल छ, अमर छ, पबित्र छ, अजम्बरी छ। यो कहिले मर्दैन किन कि मेरो प्रेमीको नाम छैन, तस्बिर छैन, उसको कुनै ठेगाना छैन। तर, म जहाँ छु उ म भित्र छ, सधै मसँगै छ।
मेरो कल्पनाको मेरो आफ्न्नो प्रेमी !!


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *