डा केसी आफ्नै खर्चमा काठमाडौं आउने
काठमाडौं । धनगढीमा अनसनरत डाक्टर गोविन्दा केसी आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् । उनी उपचारका लागि बुधबार साढे चार बजे काठमाडौं आउने भएका हुन् ।
मंगलबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं आउन अस्वीकार गरेका उनी आज भने आफ्नै खर्चमा आउने तय भएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।
डाक्टर केसी काठमाडौं आएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गरिने सुवेदीले बताए । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राखेर केसी १० दिनदेखि अनशनरत छन् ।
प्रतिक्रिया
Facebook Comment