बेल्जियम र नेदरल्यान्डको जित

डिसी नेपाल
७ असोज २०७९ ७:५६

काठमाडौं। युइएफए नेसन्स लिग अन्तर्गत बिहीबार राति भएको लिग ए ग्रुप ४ को खेलमा बेल्जियम र नेदरल्यान्डले जित निकालेका छन्।

बेल्जियमले घरेलु मैदानमा वेल्सलाई २-१ ले पराजित गर्‍यो। बेल्जियमको जितमा केभिन डि ब्रुएना र मिचे बात्सुयाईले गोल गरे। वेल्सका किफर मुरले एक गोल गरे।

जितसँगै बेल्जियम ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ । पराजित वेल्स १ अंक जोडेर पुछारमा छ।

समूहको अर्काे खेलमा नेदरल्यान्डले पोल्यान्डलाई २–० ले पराजित गर्‍यो । नेदरल्यान्डको जितमा कोडे गाक्पो र स्टेभन वर्गवाइनले गोल गरे ।

जितसँगै अपराजित नेदरल्यान्ड ५ खेलबाट १३ अंक जोडेर शीर्षस्थानमा छ । पोल्यान्ड ४ अंक जोडेर तेस्रो स्थानमाछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *