कालो बादल !

बालकुमारी घिमिरे”गजलिका”
१५ असोज २०७९ १२:५१
60
Shares

एका बिहानै
बिर्खे हर्केको घरमा
आएर भम्यो
आज बिहानै
पश्चिम सगर डढ्यो
कालो बादलका
धब्बाहरू पनि देखिन्छन्
पानी पर्छ कि त कतै
सङ्केत त राम्रै छ
इन्द्र भगवानको
दिल खुशी भइदिए त हुन्थ्यो।

त्यो भैदिए त राम्रै हुन्थ्यो
तर
बादल भन्दाचाहिँ
मनै कुटु कुटु खान्छ हौ
मेरो त हर्केले भन्यो।

कसरी नखाओस् पनि
विचराको मन कुटुकुटु
खाऊँखाऊँ
लाऊँलाऊँ भन्ने
बेलाका दुबै
नाबालक सन्तानलाई
त्यो कालो
बादल हटाएर
सुख शान्ति
र समृद्धि
ल्याउने बहानामा
विलद्यालयबाटै
अपहरण गरेर लगियो
र अहिलेसम्म
कुनै खोज खबर छैन
कहाँ छन् उनीहरू
खै कसले गर्ने र
खोज खबर पनि

परिवर्तन धेरै भए
अनगिन्ती झण्डाहरू
फर्फराए
यो मुलुकमा
सुख समृद्धि
आयो धेरैलाई
तर
हर्के
र बिर्खेजस्ता
करोडौँको मन
कालो बादलको
धब्बाले पोतिएको छ
आश्वासनहरू बाँडिए धेरै
आउँछ सुखको दिन भनेर
बिडम्बना!
यहाँ त
परिवर्तनका नाममा
बिर्खे
र हर्केजस्ता
प्रतिनिधिका
घर घरमा
कालो बादलको
बिजारोपण गरियो
स्कुलमा पढाई रहेका
शिक्षकको छातीमा
गोलीको वर्षा गरियो
मध्य रातमा
निद्राबाट उठएर
हजारौँ लेखनाथहरूलाई
खेतमा लगेर मार हानियो
रूखमा लगेर झुण्ड्याएयो
बाँसका झाङ्मा लगेर
अन्धाधुन्ध गोली ठोकियो
अबोध बाल बालिकाहरूलाई
टुहुरो बनाइयो
आमा बाबाको
सहारा टुटाइयो
लाखौंँ चेलीहरूको
सिँउदो उजाडियो
कालो बादल हटाउन
तर अफसोच!
सीमित घेराबाहेक
त्यो
कालो बादल त
झन् झन् झाँगिदै पो गयो

हो
खेतका गह्रा त
त्यो शीतल पानीले भरिएको
वर्षाले
धानका बालाले भरिएला
धर्ती हराभरा बनाउला
तर
कालो बादलले भरिएको मन
कसरी हराभरा
बनाउन सक्ला र?

सत्ता र शक्तिका लागि
यहाँ त धर्ती
र आकाशको
मुख जोडिएको छ
ब्वाँसो
र गिद्घ एउटै थालमा
सिनो खानलाई
तत्पर छन्
सगरमाथाको शिर
कालो बादलले छोपिएको छ
आमाको छातीमा
मोसो दलिएको छ

बाबाको आँखामा
कालो धब्बा लागेको
चस्मा लगाइएको छ।

आश थियो
त्यो कालो
बादल हट्ला भनेर
तर
चुरो त अर्कै रहेछ
यहाँ त सिधासाधा
बिर्खे र हर्के
जस्ताहरूको करोडौंको
आँखामा छारो हालेर
मनमा पानी बिनाको
अशुद्ध
बादल भरेर
हाली मुहाली गर्ने
हाँडीजस्तै मन भएका
नर पिशाचहरूले
राज गर्ने
कुचाल पो रहेछ
सबै।

अहँ!
हुँदैन
अब
यो अन्याय
सहनु
यसै गरी
सहेर बस्यौँ भने
आफैँलाई
अन्याय गर्ने छौं

यो धर्ती भावी पींढीले
हामीलाई धिकार्ने छन्
हामी मात्र होइन
हाम्रा सन्तति पनि
यो कालो बादलले
छोपिएको
धर्तीमा
कुण्ठित जीवन बाँच्न
बाध्य हुनेछन्
केवल
त्यो कालो बादलमा
अब भने
खेतीबाली मात्र होइन
बालद तिमीले त अब
त्यो कालो बादलले
हाँडीजस्ता मन
र मुहारलाई
पखाल्नु पर्ने छ
बढार्नु छ
र यहाँ
स्वच्छ

शीतल
पानीले भरिएको
धर्ती हराभरा बनाउने
कोदाका बाला
बादल
लगाउनु छ।।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *