चोरलाई चौतारो

बलदेव महत
१५ असोज २०७९ १४:२७

हाम्रा सबै दलका शिर्ष तहमा बसेका र जनतालाइ सकेसम्म बढि सुुख सुुबिधा दिन्छौँ भनेर मजैले कम्मर कसेका नेताहरु देश र जनताकै लागि धेरै समस्याहरुमा फसेका छन् । उनिहरुले जे जस्तो काम गरेपनि देश र जनता बाहेक अरु कसैको नाम लिँदैनन् । यो नै उनिहरुको महानता हो । यसमा सबै जनता उनिहरु प्रति अति नै आभारी भएका हुुनाले जे भएपनि लुुरुलुुरु उनिहरुका पछिपछि गएका छन् । देशमा चुुनाव आएपछि र भोट खसाल्ने सूूचना पाएपछि त आप्mना नेताहरुले भनेकै ठाउँमा छाप हान्ने अनि अहिलेसम्म आपूूmहरुलाइ सारै सक्षम र योग्य प्रमाणित गरि सकेका नेताहरुलाइ माथि तान्ने प्रयासमा जनता लागिहाल्छन् ।

अति सक्षम र अति योग्य हुन् भन्ने प्रमाण पत्रपनि जेनतेन मिलाएर आपसमा लेनदेन गर्छन् रे भन्ने हल्लाको अनुुमोदन यहि चुुनावले गराउने हुुनाले चुुनावमा बिपक्षीले हराउने हुुन् कि भनेर डराउने अनि म जतिको योग्य नेता अर्को छँदै छैन भनेर ठुुलोठुुलो स्वरमा कराउने नेता नै सबैभन्दा सक्षम र योग्य ठहरिने रहेछन् । बिगत तिन दशक भन्दा बढि समय देखि आप्mनै प्रचार प्रसार,बढाइ चढाइ,यो गर्छुु र त्यो गर्छुु भन्ने घोषणा,अरु बिकसित मुुलुुक सरहको बनाउँछुु र यसपाली चाहिँ साँच्चिकै त्यस्तो बनाउने प्रतिबद्धता जनाउँछुु भन्ने भनाइ,यो देशको बिकास र कल्याण म बाहेक अर्को कसैले गर्नै सक्दैन भन्ने सुुगा रटाइ, म बाहेक अरु सबै चोर फटाहा असक्षम भ्रष्टाचारि आदि भनेको बाणिमात्रै गनेको भए अहिलेसम्म निकै ठुुलाठुुला ग्रन्थका ठेली बनिसक्ने थिए होलान् । चुुनाव नजिक आएपछि यस्ता महाबाणीहरुको प्रतिष्पर्धा नभए जनतालाइपनि खासै मजा आउँदैन र कसैले रमाइलो गर्न पाउँदैन । त्यहि भएर चुुनावको लागि यो अनिवार्य आबश्यकतामा पर्दछ अनि भोट खसाल्नेले यस्तै भाषण वा सम्बोधनको आशा गर्दछ ।

स्वघोषित सुुख र समृद्धिका हिमायती बालकोटे कामरेडको उखान टुुक्का सहितको रमाइलो घोचपेच र बिपक्षीलाइ होच्याएर चिच्याउँदै कराएपछि मतदातालाइ त्यसै घिच्याउँदै आप्mनो पक्षमा ल्याउन सकिन्छ भन्ने राम्रो धारणा देखिन्छ । नैतिकता भन्ने कुुन चराको नाम हो भन्ने ठ्याम्मै नबुुझेपनि स्वघोषित सबैभन्दा नैतिक नेता मैँ हुुँ भनेर आप्mनो प्रचार गर्दै हिँड्ने कोटेश्र्वरे कामरेडलाइ अपमान भयो भन्दै मान सम्मान इज्जत र प्रतिष्ठा नपुुगेको बिषयलाइ नै महत्व दिएर अनि यसैबाट मनग्गे भोट पाइन्छ भन्ने बिश्वास लिएर फलाकेपछि सबैभन्दा ठुुलो दल नबन्ने कुुरै भएन ।

बिगत झण्डै चार दशक देखि दलको अध्यक्ष भएर आप्mना सहयात्री सहित सत्र हजारभन्दा बढिलाइ यो मानब चोलाबाट मुुक्त गराएर परलोक पुुर्याउने अति राम्रो ब्यबस्था मिलाउनुु र झण्डै तिन सयवटा बैँक लुुटेर सँधै यसैको ब्याज खाएर जनतालाइ डर त्रास मात्रै दिलाउनुु अनि आप्mनो समुुह बाहेक अरु जनताको बारेमा बोल्न पर्दा भने बलियो सँग मुुख सिलाउनुु गर्दै आएका स्वघोषित महान नेता भनेर आपैmले आपैmलाइ चिनाउने खुुमलटारे कामरेडको पनि सदाभैmँ यसपालीपनि धम्कि र घुुर्किबाटै मजाले भोट बटुुलिन्छ भन्ने उच्च बिचार रहेको छ । आपूm जन्मेदेखि नै प्रजातन्त्रको लागि लडेको र यहि सिद्धान्तमा सँधैभरि अडेको भनेर नथाक्ने स्वघोषित प्रजातन्त्रबादि बुुढानिलकण्ठे सभापतिले बोलेको त्यति नसुुनिने र सुनेपनि ठ्याम्मै नबुुझिने भएपनि उनको यहि अद्भुुत क्षमताले पाँच पटक देशको सरकार प्रधान भइसकेका अनि यो चुुनाव पछिपनि सरकार हाँक्ने सोचमा गइसकेका छन् रे भन्ने सुुनेर जनता दँग परेका छन् ।

यिनले देश हाँकेपछि सरकार,नेता,बिभिन्न आयोग,कार्यकर्ता,जनप्रतिनिधी,कानुुन ब्यबसायि,कर्मचारि र सबै ठाउँका सबै जिम्मेवार पदाधिकारीहरुले मनपरि गर्न र भाग बुुझाएर सरकारी ढुुकुुटिमा दिल फुुकाएर चर्न कुुनै रोकतोक नहुुने हुुनाले यिनको नेतृत्वलाइ सबैले सराहनाकासाथ स्विकार गर्ने गरेका छन् । यिनि सरकार प्रधान भएको बेलामा भ्रष्टाचार गरेमाभन्दा नगरेमा कारबाहिमा परिने डर हुुने हुुँदा सोझो काम गर्दा तल झरिने राम्रो परम्परा रहेको छ । यस्तो गौरबमय परम्परालाइ कायम राख्न र यिनको सिद्धान्त अनुुसार तिखारिएको उन्नत प्रजातन्त्रको निखारिएको स्वाद चाख्न यसपालि यिनलाइ नै भोट दिन पर्ने यिनको जिकिर ज्यादै जायज छ ।

संबिधान घोषणा हुुनासाथ सार्बजनिक स्थानमा त्यसलाइ जलाउने, बिदेशीको आडमा सँबिधान बिरुद्ध आन्दोलन चलाउने, दक्षिणको उक्साहटमा आप्mनै अर्थतन्त्र ढलाउने र मन्त्री पद पाएपछि त्यहि सँबिधान अन्तरगतको सरकारमा छिरेर नगद फलाउने कार्य गरिरहेका जसपा र लोसपाका स्वघोषित महान मधेशबादि नेताहरुपनि यहि सँबिधानको बिरोध गर्दै चुुनावमा जान तम्सिनुु ज्यादै राम्रो हो । सँघियताको घोर बिरोध गर्दै तर यहि सँघियता सहितको हिमायतीहरुको गठबन्धन सरकारमा बसेर चर्दै,गठबन्धनको फाइदा आउने ठाउँमा पुुग्न अघिअघि सर्दै,गठबन्धनको सहारामा सरकारमा जान आउने बाधा अड्चनलाइ बुुर्लुुक्क उपे्रmर तर्दै र राजनैतिक दुुनो सोभ्mयाउन अप्ठ्यारो पर्यो भने आपैm सँलग्न भएको सरकार नछोडि बिरोधमा झर्न आदि जेपनि गर्न सक्ने जनमोर्चा नामक समुुहपनि यताको हो कि उताको हो भनेर कसैले नबुुभ्mने गरि चुुनावमा जान कस्सिएको छ ।

अरुले झिना मसिना ठानेपनि राजनीतिमा निकै पसिना बगाएको दाबी गर्ने साना दलहरुपनि आप्mनो गक्ष अनुुसारका सिटमा प्रतिष्पर्धा गर्नेमा छन् । यिनिहरुपनि सकेसम्म तालमेल र चलनचल्तिको जालझेल सहित आपूूmभन्दा ठुुला दलसित टाँसिने काम गर्न पाए शुुन्य सिटमा झरेर नासिने अनि बिस्तारै मूूलधारबाट मासिने र ठुलो कुुरा गर्दागर्दै दलदलमा भासिने चिन्ताबाट मुुक्त भएर चुुनावबाट फाइदा उठाउने चक्करमा लागेका छन् ।

गत स्थानिय चुुनावमा केहि पालिकाहरुमा जित्नेको तालिका हेर्दा अलिअलि स्वतन्त्रहरुले जितेको देखेर यसपालि स्वतन्त्र उम्मेदवारहरुलेपनि निकै मुुख मिठ्याएर चुुनावमा भाग लिने योजना बनाएका र जितेर आएपछि दलिय उम्मेदवारकोभन्दा राम्रो काम गर्ने प्रतिबद्धता जनाएका छन् । पहिले एकलौटि हुुँदा जे गरेपनि हुुन्छ भनेर मात्तिएका र स्वतन्त्र उम्मेदवारमा जनताको समर्थन देखेर आँत्तिएका ठुुला दलका ठुुला नेताहरुपनि स्वतन्त्रबाट केहि काम हुुन सक्दैन भन्दै हिँडेका छन् । यसो हेर्दा जे गरेर भएपनि आपूूmले बाजि मार्ने र बिरोधीको शेखि झार्ने अनि चुुनाव जितेर ठाउँमा पुुगि आर्थिक रुपमा सात पुुस्ता तार्ने बाहेक यिनिहरु कसैकोपनि अर्को सोचाइ नभएकोमा जनता ढुुक्क छन् ।

यिनिहरुले बनाएको र सँसारको सबैभन्दा उत्कृष्ट सँबिधान भनेर आपैmले जनाएको अनि बिदेशीले नगद पेलेर आप्mना स्वार्थहरु घुुसाउन मनाएको सँबिधानमा समेत ब्यबस्था नभएपनि सँसारमा कतै नसुुनिएको,नदेखिएको र नबुुझिएको कुुनै कोणबाटपनि बिचार सिद्धान्त समेत नमिल्ने चुुनावी गठबन्धन यहाँका नेताहरुको ज्यादै मौलिक आबिस्कार हो । चुुनाव पछिबहुुमत नपुुगेमा दलहरुले गठबन्धन गरेर सरकार बनाउने र यसलाइ सँबिधान अनुुसारको सरकार भनाउने प्रचलन सबै प्रजातन्त्रमा जायज हो । चुुनावमै एउटा दलको समर्थकले जबरजस्ति अर्को दलको चुुनाव चिन्हमा छाप हान्ने र शिर्ष नेताहरुको स्वार्थमा आप्mनो बिवेकलाइ बन्धक बनाएर भएपनि यस्तो निरँकुुशता मान्ने अनि गठबन्धनको स्वार्थ मात्रै जान्ने कामलाइ सबैभन्दा उत्कृष्ट प्रजातन्त्र ठान्ने परिपाटिको बिकास हुुँदै जानुुलाइ राम्रो प्रजातान्त्रिक अभ्यास ठहर्याउनुु अझ राम्रो कुुरा हो ।

गफगाफ र भाषणमा संविधानलाइ आप्mनो भन्ने तर संविधान अनुुसार कुुनै काम नगर्ने अभ्यासलाई नै सबैभन्दा संवैधानिक र प्रजातान्त्रिक कार्य मानिने अनि त्यसो गर्न सक्नेलाई नै सबैभन्दा तगडा नेता ठानिने भएपछि सबैले त्यसको सिको गर्नै पर्यो । आप्mनो स्वार्थको लागि सँबिधानको दफा उपदफालाइ बँग्याउने र सँसारको अगाडि आपैmले आपैmलाइ नँग्याउने सुुकर्म धेरै उत्कृष्ट ढँगले भइरहेको अनि सबै तहमा शानदार तरिकाले गइरहेको देखेर जनता निकै प्रभावित भएका छन् । यहि जोश जाँगर र हौसलाकासाथ जनताले भोट खसाले भने शिर्ष नेताहरुले भनेजस्तो सबै दलका सबै नेताहरुले अत्यधिक मत पाएर जित्ने कुुरामा सबैलाइ घत परेको छ ।

अहिलेको चुुनावको सबैभन्दा रमाइलो पक्ष भनेको बालकोटे कामरेडको दल बाहेक अरु दलहरु आप्mना नेता कार्यकर्ता र मतदाता खुुसी पार्नुु र आप्mनो क्षमताले भोट झार्नुुभन्दा गठबन्धनका अन्य दलका नेताहरुलाइ रिझाउनुु अनि आप्mनालाइ बिझाउनुुमै दँग परेरहिँडिरहेका छन् । गठबन्धनमा सिटको बाँडफाँड सँधै सहमतिको नजिक पुुग्दा निष्कर्षमै नपुुगि चुुनाव सकिएला र हाम्रो गठबन्धन अभैm बाँकि छ भनेर त्यसपछिपनि निर्धक्कसित बकिएला भन्ने पो होला जस्तो छ । टिकट बितरण गर्ने बेलासम्मपनि सहमतिको नजिक मात्रै पुगिरहेपछि गठबन्धन तोड्ने र नयाँ खाले गठबन्धन जोड्ने काम नहोला भन्न सकिन्न ।

जसले जोसित भएपनि गठबन्धन नगरि चुुनावमा जान र एक्लै लडेर बिभिन्न पद खान नसक्ने अबस्था आएपछि बरु सँबिधानमा सँशोधन गरेर यो दललाइ यति सिट निर्बिरोध बितरण गरेर बिना चुुनाव माननिय र त्योभन्दा माथि पुुग्ने ब्यबस्था गर्नुु नै सबैभन्दा उत्तम बिकल्प हो भनेर नेताहरुको बुुद्धि किन नखुुलेको होला भन्ने जनतालाइ लागेको अनि यस्तो बेकारको चुुनावमा रुमल्लिनुुभन्दा यो तरिका जनताको भित्रि मनले मागेको बुुझिन्छ । यसो भएमा चुुनावको अनाबश्यक झन्झट बेहोरिरहनपनि परेन र गठबन्धनको झमेलाले दलहरुलाइ असरपनि गरेन । अभैmपनि अध्यादेश मार्पmत यो ब्यबस्था ल्याउन र साबिक अनुुसार सबैतिरको बजेट भ्याउन ढिला भएको छैन ।

उसैपनि सँबिधानलाइ धोती लगाइदिएर मुुढेबलको भरमा माथिदेखि तलसम्मका सबैले आपूूmलाइ मन लागेको काम गर्ने छुुट भएकोले सबै गुुट मिलेर मजाले लुुट गर्न पाएपछि आपैmले निस्कृयपारेको सँबिधानलाइ किन बिचमा ल्याएर कुुन्नि के गरेर इज्जत दिए जस्तो मात्रै गरेर के फाइदा ? सँबिधानको इज्जत बचाउने भनेर सबैतिरको बजेट पचाउने काम त्यत्तिकै गर्न मिलेपछि बेकारमा किन बिचरो सँबिधानलाइ बिचमा ल्याउनुु ? त्यहि भएर सँबिधानमा हुुँदै नभएको ब्यबस्था गरेर गठबन्धन सहित चुुनावमा गएजस्तो र सबै नेताहरुको दिमागमा भएजस्तो बसिबसि माननिय हुुने ब्यबस्थाको अध्यादेश छिटो ल्याए हुुन्थ्यो भन्ने जनताको मागलाइ शिर्ष नेताहरुले छिटै सम्बोधन गर्न ज्यादै जरुरी देखिन्छ । यति हुुन सकेमा अहिलेका र भबिष्यका नेताहरुलेपनि बाँचुन्जेल झण्डा हल्लाएर बिभिन्न पद खाँदै राणा शासनको झझल्को आउने उन्नत लोकतन्त्र हो कि प्रजातन्त्रको जननी राष्ट्र्को रुपमा बिश्व सामुु चिनाउन पाउँदा र यस बारे बुुभ्mन सिक्न सँसारभरिका प्रजातन्त्रबादिहरु आउँदा हाम्रो नाक कति इन्च लामो घिरौँला जत्रो भएर फुुल्छ होला भन्ने सम्झँदापनि खुुसीले जनताको भुुइँमा खुुट्टा छैन ।

झण्डै साँढे तिन दशकसम्म भोट खसाल्ने र उहि चिनेजानेका अनुुहारलाइ देश हाँक्ने ठाउँमा बसाल्ने अनि उनिहरुले खान र भ्याउन मिल्ने सबै ठाउँको बजेट आप्mनो र आफन्तको भुुँडिमा पसाल्ने गर्दै आएकोमा जनता आनन्दित छन् । चोरलाइ चौतारो साधुुलाइशुुली भनेभैmँ यसपालीको चुुनावमापनि सबैतिर तालमेल गर्दै सबैखाले जालझेल गर्न सक्ने बहादुुरले नै चुुनावमा जित हात पार्ने पक्का भएकोले कुुर्सीमा नयाँ अनुुहार हेर्न र आप्mनो प्रतिनिधी फेर्न सकिने सम्भावना देखिँदैन । हुुनत नयाँ आयो भने खाने ठाउँ खोज्दाखोज्दै र कति कसरि खाने भन्ने तरिका रोज्दारोज्दै जनताको काममा ध्यान दिन नभ्याइकनै पाँचबर्ष सकिन्छ । पुुराना अनुुभवीप्रतिनिधी आयो भने उसलाइ खाने पाउने सबै ठाउँहरु राम्ररी थाहा भएकोले र यहि काममा उसको बर्षौँ गएकोले सिक्न सिकाउन नपर्ने हुुनाले पहिलो दिनबाटै खानपनि थाल्छ अनि जनताको काममा देखावटि कदमपनि चाल्छ भन्ने सबैको धारणा रहेको देखिन्छ । अनुुभवीलाइ बिशेष ग्राह््रयता भन्ने सिद्धान्त त सबैतिरलागुु हुुने नै रहेछ ।

यो चुुनावपनि दलका नेताहरुले भनेजस्तो ज्यादै निष्पक्ष र धाँधली रहित तरिकाबाट सम्पन्नहन्छ भन्ने ग्यारेन्टि त दलहरुले निर्बाचन आयोगमा बुुझाएको समानुुपातिक उम्मेदवारहरुको बन्दसुुचिबाटै छर्लँग भइसक्यो । यसो हेर्दा सबै दलका शिर्ष भनिने र ज्यादै ठुुलामा गनिने नेताहरु राजनैतिक रुपमा जुुन बिचारका भएपनि धार्मिक रुपमा निकै कट्टर आस्था राख्ने खालका नै रहेछन् भन्ने देखिन्छ । स्वस्थानी ब्रतकथाबाट ज्यादै प्रभाबित यि सबै नेताहरुले स्वस्थानी परमेस्वरीको ब्रत सकिएपछि गरिने पुुजाको प्रसाद स्वरुप तयार गरेको एकसय आठ रोटी,सुुपारि,पान,अन्य पकवानहरु आप्mनो श्रीमानलाइ दिनुु श्रीमान नभए छोरालाइ दिनुु छोरा नभए मित छोरालाइ दिनुु मित छोरापनि नभए मेरो यो यो मनोकाँक्षा पुुरा होस् भनेर खोलामा बगाउनुु भन्ने बिधिबाट समानुुपातिकको सूूचि तयार भएको पाउँदा नेताहरुको धार्मिक प्रबृत्तीबाट जनतापनि प्रभाबित भएका छन् ।

यो सूूचिमा भएसम्म श्रीमानलाइ, नभए श्रीमतीलाइ,नभए छोरालाइ,नभए छोरीलाइ,नभए बुुहारीलाइ,नभए सम्धि सम्धिनीलाइ,नभए ज्वाइँ जेठान साला सालीलाइ,नभए गर्लफ्रेन्डलाइ,नभए हुुक्के बैठके र सुुसारेलाइ,त्यतिको भाग पुुगेपनि र नपुुगेपनि लिलाम बढाबढमा ठुुलो धनराशी बुुझाउने ब्यापारी ठेकेदार तस्कर र बिचौलियाहरुको लागि निश्चित कोटा छुुट्याइएकै हुुन्छ रे भन्ने जनतालाइ चाहिँ थाहा हुुने कुुरै भएन । बन्द सूूचिमै यस्तो ब्यबस्था भएपछि प्रत्यक्ष तर्पmको टिकट बितरणमा पनि यहि फर्मुुला लागुु हुुनै पर्यो । यतिपनि गर्न नसके के को शिर्ष अनि के को ठुुलो नेता ?

स्थानिय तहको चुुनावमा वडा तहमा समेत गठबन्धन नगरि नजित्ने अबस्थामा पुुगिसकेका दलहरुको औकात स्तर र हैसियत कुुन तहमा पुुगेको रहेछ भनेर कसैले कसैलाइ बताइराख्न,यस्ता अति योग्यहरुलाइ आँखा चिम्लेर भोट दिन पर्छ भनेर कसैले कसैलाइ तताइराख्न अनि यो नेता यस्तो उस्तो वा राम्रो नराम्रो छ भनेर कसैले कसैलाइ भनेर दिमाग चाट्दै सताइराख्न आबश्यक नै छैन । नेताहरु को कस्तो भन्ने मात्रै होइन उनिहरुका एकाघरका परिवारहरुपनि को कस्तो भन्ने समेत जनतालाइ राम्ररी थाहा भइसकेको छ ।

आपूm अगाडि बढ्न कसले कसको भबिष्य मासे र श्रीमानलाइ सफल बनाउन ककसको श्रीमती कति ठुुलो स्वरमा बासे अनि को कता खुुस्किँदा लुुकिलुुकि को को हाँसे भन्ने सबै रेकर्ड जनताले राखेका छन् भन्ने हल्लामा नेताहरुलाइ बिश्वास छैन । जे भएपनि जनताको महत्व मतपत्रमा छाप नहानुुन्जेलसम्म मात्रै हो भन्ने जनतालाइपनि राम्ररी थाहाछ । करिब पाँच मिनेट जतिको समय लिँदै छाप हानेर आपैmले भोट दिएर जिताउने,आप्mनै प्रतिनिधीलाइ गाली गरेर बाँकि पाँच बर्ष मजाले बिताउने र अर्को चुुनावमा यस्तालाइ भोट दिन हुुँदै हुुँदैन भनेर चिताउने जनताको बानिमा खासै सुुधार त के आएको होला र ?

त्यहि भएर यसपालीपनि हुुने त्यहि भएकोले आपैm भोट दिएर आपैm रुने र अब यस्तालाइ कहिल्यै भोट दिइने छैन भनेर देबी देवताको फोटो र मुुर्ति छुुने धेरैजना देखिएपनि सहि मान्छेलाइ भोट दिएको चाहिँ बिरलै देखिन्छ । सहि मान्छेले नै सहि मान्छेको पहिचान गर्न र त्यस्ताको भर पर्न सक्छ भनेभैmँ हामी जनता नै उस्तो भएर यस्तो भएको हो कि जस्तोपनि देखिन्छ । जस्ता जनता त्यस्तै नेता हुुन्छन् भनेर एकजना शिर्ष मध्येकै नेताले भनेको त्यसै होइन होला भन्नेहरुको कुुरा सुुनेर र त्यसलाइ राम्ररी गुुनेर मात्रै आप्mनो प्रतिनिधी चुुनेर पठाउन नसके कसैको कुुरा नसुुनि दुुबै कान थुुनेर बसे भइहाल्यो ।

हामी ज्यादै असल,आप्mनो क्षमताभन्दा बढि कुुरा बुुभ्mने,जान्न पर्नेभन्दा बढि जान्ने,आपूूmलाइ सबैभन्दा बुुद्धिमान ठान्ने,स्वार्थी नेताहरुको उक्साहटमा लागेर आफन्तकै खुुट्टा तान्ने,कुुरै नबुुझिकन र केहि नसोचिकन अरुको उक्साहटमा मतपत्रमा छाप हान्ने,एक छाक मासुुभात र टन्न लोकल रक्सि खान पाएपछि कतै नहेरि स्वार्थी समुुहले भनेकै चिन्हमा भोट दिन मान्ने आदि गर्न सक्ने अति जागरुक र जुुझारु जनता पाएपछि सँधैको चुुनावमा भएजस्तै फेरिपनि चोरलाइ चौतारो साधुुलाइ शुुली हुुने पक्का छ भन्ने जनताको ठहर रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *