विकल्पमा युवा !

अर्जुन दाहाल
१५ असोज २०७९ १७:१४

हेल्लो! हेल्लो!! हेल्लो!!
चुनावको माहोल आयो,
फेरि पनि हजुरबुबाहरु नै उठ्ने
बोल्कबोल आयो।
अवसर पाउँदा
देशको घाँटिमा पासो लगाउनेहरु
देश भन्दा पनि,
आफू र परिवारको चासो लगाउनेहरु !
लाज बेचेर कुर्सी पद किन्नेहरु
निर्बस्त्र बजारमा लिन्ठिङ्ग हिन्नेहरु !

फेरि पनि बगलिमा छुरा बोकेर ,
आश्वासन र आदर्शका कुरा बोकेर,
शारीरिक मानसिक रोगीहरु
खरानी समेत लुटेका जोगिहरु
असल ज्ञानी भएको पारा देखाउदै
देशको सम्पत्ति चबाएका दारा देखाउदै
टुप्लुक्क आउनेछन,
तपाइँको घर आँगनमा।

हुनत हजुरबुबाहरु पनि,
उहिले युवा थिए ,
जनताले ताल खोजे
नेताले निकास नभएको कुवा दिए।
अब आराम गरे हुने
बालुवाटारबाट निजी निवास सरे हुने ।

भो, भो धपेडी भो !
स्वास रिकोएला जस्तो भो,
नरम सोफा कुर्सीबाट उठ्न खोज्दा
वालमा प्वाल पर्ने गरि
टाउको ठोकिएला जस्तो भो।

के हेर्न बाँकि छ र?
नेताहरुमा महिला बुढाखाडा हेरियो
तरुनी भेट्न रक्सी बोकेर
कोठा चोटा जाने छाडा हेरियो।
काग्रेस कम्निस्ट थुप्रै हेरियो ,
कान पाक्ने गरि भाषण सुनियो ,
विवेकशील साझाले ,
केही गर्छ कि भनेर आशा बुनियो।

त्यस्को पनि विवेक हरायो
न साझा भयो।
आखिरिमा देश भन्दा माथि
राजा भयो।

अब यूवा उम्मेदवारलाई आश गर्ने ,
एउटा मात्र बिकल्प छ !
नत्र देश र जनताको भविष्य,
अन्धकार निर्बिकल्प छ !




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *