जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

डिसी नेपाल
१९ असोज २०७९ २०:५६
16
Shares

जुम्ला । जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापन भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सदरमुकाम खलंगामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने समय नजिकिएसँगै जिल्लाको चन्दननाथ नगरपालिकामा रहेको जिल्ला अदालत जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख अविनन्द चौलागाइले जानकारी दिए ।

प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रदेशसभा (क) र (ख) हेर्ने गरी सो कार्यालय स्थापन गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

जुम्ला जिल्लामा ६८ हजार आठ सय २८ मतदाता रहेका छन् । यीमध्ये महिला ३३ हजार पाँच सय चार जना रहेका निर्वाचन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख अविनन्द चौलागाईंले बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *