कैलालीमा भारी बर्षा, अधिकांश स्थान जलमग्न

डिसी नेपाल
२० असोज २०७९ १७:१६

धनगढी । कैलालीमा बिहीबार देखि भारी बर्षा सुरु भएको छ ।

बिहीबार दिउँसो देखि भइरहेको बर्षाका कारण धनगढी र आसपासका क्षत्र जलमग्न बनेका छन् । बर्षाका कारण प्रदेशको स्थाई राजधान धनगढी बजार क्षेत्र
जलमग्न बनेको छ । बर्षाका कारण दशैको टिका थाप्न हिडेका नागरिक समेत अलपत्र परेको छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्षाका कारण हाल सम्म कुनै क्षेतिको विवरण भने आएको छैन । ‘अहिले सम्म बर्षाका कारण क्षति भएको कुनै विवरण आएको छैन,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले भने, ‘अहिले सवै क्षेत्रको विवरण बुझ्न टोली परिचालन गरिएको छ ।’

जल तथा मौसम पूर्वानुमा महाशाखाका अनुसार बिहीबार देखि मनसुनी वायु सुदूरपश्चिम प्रवेश गरेको छ । जस्का कारण बिहीबार देखि शनिबार सम्म नै अधिकांश क्षेत्रमा भारी बर्षाको सम्भावना रहेको छ ।

‘बिहीबार राती देखि सुदूरपश्चिमका अधिकांश स्थानमा मध्यम देखि भारी बर्षाको सम्भावना रहेको छ,’ मौसमविद सञ्जिव अधिकारीले भने, ‘शुक्रबार प्रदेशका धेरै स्थानमा बर्षा हुने र शनिबार अधिकांश स्थानमा बर्षा हुनका साथै केही स्थानमा भारी बर्षाको सम्भावना रहेको छ ।’ सुदूरपश्चिममा आगामी सोमबार सम्म नै मौसम प्रतिकुल रहने अनुमान गरिएको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *