बारा क्षेत्र १ मा निर्वाचनको गर्मी: ‘हेवी वेट’ आकांक्षी, कहाँ कस्को सम्भावना?

डिसी नेपाल
२१ असोज २०७९ १८:१४

बारा । बाराको क्षेत्र १ मा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि टिकट कसले पाउने भन्ने विषयको चर्चाले स्थान ओगटेको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको चर्चाले यतिवेला चिया पसल होस् या चोकमा टिकट कसले पाउला ? टिकट पाइहाले कसले जित हात पार्ला भन्ने विषयले विशेष स्थान पाउने गरेको हो ।

नेपाली कांग्रेस, नेकपा एस, माओवादीलगायत दलको गठबन्धनमा यस क्षेत्र नेपाली कांग्रेसको भागमा रहेको हुदाँ यहाँ एमाले र कांग्रेस बिच प्रतिस्पर्धा हुने पक्का छ ।

यतिवेला क्षेत्र १ बाट एमालेका दुई पोलिटब्युरो र नेपाली कांग्रेसका सह-महामन्त्रीको नाम निकै चर्चामा छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री तथा बहालवाला खानेपानी मन्त्री उमाकान्त चौधरी चुनाव लड्ने तयारी गरिरहेका छन् उनको टिकट समेत पक्का भईसकेको छ । पार्टिका सहमहामन्त्री रहेका चौधरीले २०७४ मा एमाले र माओवादीसंगको गठबन्धनका उम्मेदवारलाई २ हजार ४ सय ३० मतले हराएका थिए त्यसलाई समेत मध्यनजर गर्दा उनको टिकट पक्का छ ।

यता नेकपा एमालेबाट दुई पोलिटब्युरो सदस्य पूर्व मन्त्री पुरुषोत्तम पौडेल र अच्युत प्रसाद मैनाली मध्य एकले टिकट पाउने पक्का छ ।

बारा क्षेत्र १ मा यसअघि २०७४ मा तत्कालिन एमाले र माओवादी बाम गठबन्धनका उम्मेदवार हुन मैनाली । एमालेको लालकिल्ला भनेको यस क्षेत्रमा गठबन्धन गर्दा समेत मैनालीले २ हजार ४ सय ३० मतले नेपाली कांग्रेसका उम्मेदवार चौधरीसंग हारे तर मैनालीको चुनाब लड्ने मन भने हारेको छैन । उनी २०७४ मा भएको हारको प्रतिसोध लिन चहान्छन ।

यस्तै बारा क्षेत्र १ मा पूर्व मन्त्री पुरुषोत्तम पौडेलले टिकट हात पारेर यस क्षेत्रबाट उनी पहिले पटक निवार्चनमा उम्मेदवार बन्ने दौडमा छन् । यस अघि बारामा ६ वटा क्षेत्र थिए त्यसबेलामा उनले क्षेत्र नम्बर ६ बाट निर्वाचनमा भाग लिएका थिए । तत्कालिन क्षेत्र नम्बर ६ र हालको क्षेत्र नम्बर १ मा भने निजगढ नगरपालिका कायम छ त्यसबहेकका सबै पालिका नँया भएको हुदाँ पौडेल यो क्षेत्रमा पहिले पटक निवार्चनमा उम्मेदवार बन्ने दौडमा छन् । हुन त पौडेलको घर निजगढ भएको हुदाँ उनको रोजाई सधै निजगढ कायम रहेको क्षेत्र रहेको देखिन्छ ।

स्थानीय तहको निर्वाचनतर्फ हेर्ने हो भने कांग्रेसले यस क्षेत्रबाट सोँचे जस्तो मत परिणाम ल्याउन सकेन । निजगढ, कोल्हबी र सिम्रौनगढ नगरपालिका तथा आदर्श कोटवाल र बारागढी गाँउपालिका छन । यहाँ निजगढमा एमाले, कोल्हबी काँग्रेस र सिम्रौनगढ नगरपालिकामा लेसपाले जित हात परेको छ भने आदर्श कोटवालमा काँग्रेस र बारागढी गाँउपालिकामा जसपाले जित निकालेको छ ।

यता एमालेले एक्लै चुनावी मैदानमा उत्रिँदा १ स्थानीय तहमा जित हात पारेको छ भने गठबन्धन गर्दा पनि नेपाली कांग्रेसले १ नगरपालिका र १ गाँउपालिका मात्रै हात परेको हो ।

आन्तरिक द्वन्द्व कारण फुटको संघारमा पुगेको एमालेलाई यस क्षेत्रमा स्थानीय तह निर्वाचनमा फुटको छिटाले खासै नकारात्मक असर भने परेन । तर गठबन्धन गर्दा पनि नेपाली कांग्रेस, जसपा, माओवादीलगायत दलले खासै सोचेको जस्तो मत परिणाम ल्याउन नसकेको स्थानीय तह निर्वाचनमा प्रदेश र संघको निर्वाचनमा कांग्रेस, माओवादी र एमालेको मत परिणाम कस्तो आउला भन्ने चासोको विषय बनेको हो ।

स्थानीय निर्वाचनमा मतदाताले आफूहरूको मनोभावना अनुसार उम्मेदवार चुन्ने र सङ्घको निर्वाचनमा पार्टीलाई प्राथमिकतामा राखेर उम्मेदवार चयन गर्ने भएकाले स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर ढुक्क पर्नु नहुनेमा नेताहरू जोड दिन्छन् ।

क्षेत्र न १ बाट कसको अपेक्षा?

बारा जिल्लाकै सबैभन्दा हेवी वेट उम्मेदवार यही क्षेत्रमा छन । बहालवाला मन्त्री देखि पुर्व मन्त्री सम्म यही क्षेत्रमा छन । बाराको क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट एमालेका अच्युत प्रसाद मैनालीलाई हराउदै उमाकान्त चौधरीले चुनाव जितेका थिए। तर यस पटक उनले सजिलै जित हातपर्ने भने निकै मुस्किल छ । उनको पार्टी भित्र आन्तरिक द्वन्द्व कारण निकै बिवाद देखिएको छ । आन्तरिक द्वन्द्व कारणनै एक पक्ष उनलाई हराउने दाउमा छन ।

दोस्रो संविधानसभामा साबिकको क्षेत्र नम्बर ६ बाट पुरुषोत्तम पौडेलले नेपाली काँग्रेसका शम्भु बहादुर बुढाथोकीलाई पराजित गरेर सांसद बनेका पौडेल अहिले प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नं १ बाट उम्मेदवार बन्ने दौडमा छन् तर २०७४ को निर्वाचनमा भने पौडेलले चुनाबमा भाग लिएनन् । उनी एमालेभित्र प्रभावशाली मानिन्छिन्।

यो पटक बहालवाला मन्त्री उमाकान्त चौधरी र पुर्व मन्त्री पुरुषोत्तम पौडेल बिच प्रतिस्पर्धा हुने सम्भावना रहेको छ ।

यस बाहेक यस क्षेत्रमा स्वतन्त्र अम्मेदवारहरु समेत केही चर्चामा छन । डा. राकेश न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छिन् ।

क्षेत्र नम्बर १ क

यहाँबाट निर्वाचनको तयारीमा व्यवसायी घराना‚ बाल्यकालदेखि राजनीतिक पृष्ठभूमिबाट उदाएकाहरूले अब आउने निर्वाचनमा अपेक्षा राखेका छन् । तर गठबन्धनका कारण बारा क्षेत्र नम्बर १ क क्षेत्रबाट मधेश प्रदेशको प्रदेश सभाका निम्ती बाट नेपाली कांग्रेसका शम्भु बहादुर बुढाथोकीले टिकट पाउने लगभक पक्का छ ।

यस्तै एमालेबाट अच्युत प्रसाद मैनालीले प्रदेश सभा निवार्चनमा प्रतिस्पर्धा हुने सम्भावना रहेको छ ।

क्षेत्र नम्बर १ ख

नेपाली कांग्रेस, जसपा, माओवादीलगायत दलको गठबन्धनमा यस क्षेत्र जसपाको भागमा रहेको हुदाँ थियो तर पछिल्लो समय भएको एमाले र जसपाको गठबन्धनका कारण यस क्षेत्रमा कस्ले टिकट पाउछन भने पक्का भईसकेको छैन ।

बारा क्षेत्र नम्बर १ मा स्थानीय निर्वाचनमा दलहरुले पाएको मत विश्लेषणमा कसको सम्भावना कति ?

जसपा बहेकको गठबन्धन हुँदा नेपाली कांग्रेस, नेकपा एस, माओवादीलगायत दलको गठबन्धनमा झन्डै ३९ हजार भन्दा बढी मत छ । तर, यो पटक यसमा राजनीतिक माहोल फेरिएको छ ।

जसपा फुटको छिटाको प्रभाव पर्ने सम्भावनाले गर्दा पनि यो पटक पौडेलको जित्ने चान्स धेरै रहेको स्थानीयहरू बताउँछन्।

कांग्रेसभित्रै चौधरीसँगै संस्थापन पक्षको टक्करका कारण उनी कमजोर देखिन्छन । त्यसमा जसपाको मत समेत एमालेमा जाने हो भने एमाले गठबन्धनको मत ४५ हजार भन्दा बढी मत छ ।

६ हजार मत कम रहेको सता गठबन्धनलाई चुनाबमा जित हात पार्न जसपा फुटको छिटाको प्रभाव पर्ने सम्भावनाले गर्दा पनि यो पटक पौडेलले टिकट पाए जित्ने चान्स धेरै रहेको स्थानीयहरू बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *