स्थानिय तहमा निर्वाचित काङ्ग्रेसका बागी समर्थकहरुले प्रदेशसभामा पनि बागी उम्मेदवार बनाउने

डिसी नेपाल
२१ असोज २०७९ १८:२०

महोत्तरी । महोत्तरी क्षेत्र न.१ क मा स्थानिय निर्वाचनमा नेपाली काङ्ग्रेसवाट बागी दिएर जितेका समुहले प्रदेशसभामा पनि उम्मेदवारी घोषणा गरेको छ ।

बर्दिवास नगरपालिकामा निर्वाचित प्रल्हाद क्षेत्री समुहले पाटीले कारवाही फुकुवा नगरेको भन्दै स्वतन्त्र उम्मेदवारको रुपमा काङ्ग्रेसका पुर्व नगर सभापती युवराज पोखरेललाई अगाडि सारेको हो ।

यसअघी नेपाली काङ्ग्रेसले पाटीवाट बिद्रोह गरेकाहरुलाइ निर्वाचनमा सघाउन र निर्वाचनपछी कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो ।

तर प्रल्हाद क्षेत्रीपक्षले गरेको निर्णयलाई लिएर पाटीका केन्द्रिय सदस्यहरुले पुनः पाटीका विरुद्ध बिद्रोहको संज्ञा दिएका छन । ‘पाटीले कारवाही फुकुवा गर्ने तयारी गर्दागर्दै वहाँहरुले हतार गर्नुभयो,’ केन्द्रिय सदस्य महेन्द्र कुमार राय यादवले भने, ‘यो पनि पाटीका विरुद्ध बिद्रोह नै हो ।’

पाटीसँग कारबाही फुकुवाको लागि पटक(पटक अपिल गर्दा पनि अस्वीकार गरेको हुनाले बाध्य भएर उम्मेदवारलाई अगाडि सारिएको क्षेत्रीपक्षको दाबी छ ।

स्थानिय निर्वाचनमा जेब्रा चिन्हबाट निर्वाचित भएका प्रल्हाद क्षेत्रीले प्रदेशमा पनि जित्ने विश्वास ब्यक्त गरे ।

४ वटा वडा, उपमेयरसहित विजयी भएका क्षेत्रीले माओवादी केन्द्रलाइ ५८८७ को फराकिलो मतान्तरले पराजित गरेका थिए । माओवादी केन्द्रवाट उम्मेदवार बनेका राजु खडकाले ८३२३ मत ल्याए भने प्रल्हाद क्षेत्रीले १४२१० मत ल्याएर विजयी भएका थिए ।

तर यही मतलाइ आधार मान्ने हो भने स्वतन्त्र उम्मेदवारको रुपमा अगाडी सारिएका युवराज पोखरेल कमजोर उम्मेदवार भएको कतिपयको टिपण्णी छ । निर्वाचनअघि निक्कै राम्रो पहिचान बनाएका क्षेत्रीलाइ माओवादी केन्द्र, एमाले, काङ्ग्रेस सबै दलहरुले सहयोग गरेका थिए ।

बिशेषगरि काङ्ग्रेसबाट नै ठूलो सहयोग बटुलेका प्रल्हाद क्षेत्रीले स्वतन्त्र उम्मेदवारकोरुपमा निर्वाचित भएपनी स्वतन्त्र भन्दापनि दलगत राजनिती गरेको हुनाले उनिप्रतिको अपेक्षा निक्कै कम भएको उनी निकट एक जना कार्यकर्ता बताउँछन । ‘जित्न कै लागी हो भने बलियो रणनीति वनाउनुपर्छ नत्र गाह्रो छ ।’ उन्ले भने ।

क्षेत्री पक्षले प्रतिनिधिसभामा भने सर्तसहित कुनै पाटीलाई सहयोग गर्ने तयारी गरेको छ । गठबन्धनवाट छुट्टिएपछी जसपामा लक्ष्मी महतोको चर्चा छ । जसपा, माओवादी वा एमाले कुन पाटीलाइ सहयोग गर्ने भन्ने निर्णय भैइनसकेको क्षेत्रीपक्षको भनाइ छ ।

तर नेपाली काङ्ग्रेस निकट नेताहरुले क्षेत्री पक्षले पुनः गल्ती गरे नेपाली काङ्ग्रेसको ढोका पुर्णरुपमा बन्द हुनसक्ने बताएका छन । यो बिषयमा जिल्ला सभापति नागेश्वर यादवसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

केन्द्रिय सदस्य महेन्द्र कुमार राय यादवले भने क्षेत्रीपक्षको यो निर्णय पाटीको लागी पुनः बिद्रोह भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *