बारा क्षेत्र १ क नपाए सामूहिक राजीनामा दिने नेकपा माओवादी केन्द्र क्षेत्र १ को चेतावनी

डिसी नेपाल
२१ असोज २०७९ १९:०९

बारा । नेकपा माओवादी केन्द्र बाराको क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताले पार्टीले गठबन्धनका नाममा बाराको क्षेत्र नम्बर १ को क अन्य पार्टीलाई दिए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।

माओवादी केन्द्रको कोल्हबीमा शुक्रबार बसेको निजगढ, कोहल्बी, बारागढी, सिम्रौनगढ पालिकाका नगर कमिटीका पदाधिकारीको बैठकले बारा निर्वाचन क्षेत्र १ को क गठबन्धनको मर्म अनुरुप समेत केन्द्रको भागमा आउनुपर्ने उनिहरुको भनाई रहेको छ ।

गठबन्धनको सिट भाग लगाउनका निम्ती गठन भएको मधेश प्रदेश कमिटीले गठबन्धनमा माओवादी केन्द्रलाई पन्छाएर गएको दाबी गर्दै बारा निर्वाचन क्षेत्र १ को क नदिए सामुहिक राजनिनामा दिने र निर्वाचनको कुनैपनी प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो ।

तर बाराको क्षेत्र नम्बर १ को क मा भने नेपाली कांग्रेसका शम्भु बहादुर बुढाथोकीले टिकट पाउने लगभग पक्का छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *