उम्मेदवारविरुद्ध महोत्तरीमा कुनै उजुरी परेन

डिसी नेपाल
२४ असोज २०७९ २२:०३

महोत्तरी । महोत्तरी जिल्लाको कुनैपनी क्षेत्रमा उम्मेदवारका विरुद्ध उजुरी परेको छैन ।

जिल्लाको चारै वटा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी नपरेको निर्वाचन अधिकृतहरुले जानकारी दिए ।

निर्वाचन आयोगले आज १० बजेदेखी ३ बजेसम्म उम्मेदवारका विरुद्ध उजुरी हाल्न सक्ने व्यवस्था गरेको थियो । तर निर्धारित समयभित्र कुनैपनी क्षेत्रमा उजुरी नपरेको जिल्ला निर्वाचन कार्यालय प्रमुख सुबोध कुमार महतोको भनाइ छ ।

निर्वाचन आयोगले उम्मेदवारको बिरोधमा कुनै उम्मेदवार निजको प्रतिनिधिले उजुरी हाल्न पाउने व्यवस्था गरि प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची- १६ बम्मोजिमको ढाचा समेत तयार गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *