व्यंग्य : कसलाई जिताउने, कसलाई बिताउने

बलदेव महत
२९ असोज २०७९ ६:४६

हरेक चुुनावमा जस्तै यसपाली पनि दलका अध्यक्ष, सभापति, शिर्ष नेता, सम्मानित नेता, बरिष्ठ नेता, ठूला नेता, मझौला नेता, कार्यकर्ता, झोले, जनता आदि सबैलाई हरेक बिषयमा दोधार भएको र त्यही अनुसार के हुने हो कसो हुने हो भनेर अन्यौलको स्थितिमा गएको देखिन्छ।

यस्तो समस्या हो कि अबस्था सबै दल र सबै नेताहरुको हकमा एकै किसिमले लागू हुने, यस्तै अन्यौलको परिस्थितिलाई कायम राख्न सकेकै कारणले नेताहरुले ठूलो धनराशी छुने र टिकटको आशा गर्दागर्दै नपाएपछि नेताहरुलाई सराप्दै धेरैजना रुने अनुभव सबैले गरेको अनि यसैगरी सबैको गर्जो टरेको र यही कारणले नेताहरुप्रति जनताको बिश्वासको स्तर निकै तल झरेको सबैले महसुस गरेका छन्।

जहिले चुनाव भएपनि ठूला हस्ती ठानिएका नेताहरुलाई सबैतिरबाट मस्ती हुँदै आएको सबैले देखेसुनेको र राम्ररी जानेको अनि जबरजस्ती नै भए पनि सबैले मानेको र जनताको भाग्य यस्तै रहेछ भन्ने ठानेको बिषय हो।

आफ्नो इज्जतको कुनै फिक्री नमानिकन नेताहरुले टिकट बिक्री गरे भन्ने नचाहिँदो हल्लाको पछि लागेर, राम्ररी कुरै नबुझी जागेर र रेट अनुसारको नगद नेतालाई नबुझाइकन फोकटमा टिकट मागेर हैरान पार्दा पनि उपाय नलागेकाहरुले बागी हो कि करौँती उम्मेदवार बनेपनि अनि नेताहरुलाई नालाइक भनेपनि कसैले यसलाई गम्भिरता पूर्बक लिएको र कुनैै महत्व दिएको पाइँदैन।

स्थानीय चुनावको नतिजाबाट हौसिएका स्वतन्त्र उम्मेदवारहरुको कुरा सुन्दापनि आफ्नो भाग्यमा रमाउने र चुनाव जितेर अहिलेका बहालवालाहरुले जस्तै मजाले कमाउने पबित्र उद्देश्य राखे जस्तो देखिँदैन।

यही सिलसिलामा निकै वर्ष अघिदेखिको धोको पूरा होला जस्तो देखेर मनको पोको फुकाउँदै भोटको भोको रहेका उम्मेदवारहरु पनि यो चुुनावमा उठेको हुनाले सहयोग गर्न सबैलार्ई अनुरोध गरेको सुनिएको छ। चुनावमा उम्मेदवार बनेर जित्नुभन्दा पनि टिकट पाउन बिकट भएको अवस्थामा आफ्ना निकट प्रतिद्वन्द्वी भन्दा बढी सहयोग पाउने अपेक्षा एवम् आसा सबैले गरेका हुन्।

अहिलेसम्म अरू उम्मेदवार भएको देखेको र सुनेको मात्रै अवस्थामा विपक्षीको आशाको बाटो थुनेको र सबैले आफैंलार्ई चुनेको सपना पनि धेरैले देख्न थालिसके। मतपत्रको नमुना हेर्दा पनि त्यत्रो ठूलो पानामा आफ्नो बाहेक अरू चुनाव चिन्ह नै नभए जस्तो र त्यो बाहेक अरूमा भोटरहरूको आँखा पटक्कै नगए जस्तो लागेको बुझिन्छ।

उम्मेदवार आफ्नै, भोटर आफ्नै भएपछि भोट पनि आफ्नै हुने निश्चित भएकोले कतिले अहिलेबाटै दौरा सुरुवाल र कोट पनि सिलाइसकेको हल्ला सुनिन्छ। अनि सानोतिनो देखि भयँकर ठूलासम्म भोज भतेरको व्यवस्था पनि मिलाइसकेको सुनिन्छ।

यसपालिको चुनावमा उम्मेदवारी मनोनयन गरेकै समयबाट आफैंले जित्ने र अरू प्रतिस्पर्धीहरूको जमानत पक्का बित्ने कुरामा सबै उम्मेदवारहरु ढुक्क छन्।

सबै उम्मेदवारहरु राजनीति बुझेदेखि जहिले पनि जनताकै पक्षमा जनताकै लागि काम गर्दै अहिलेसम्मको अवस्थामा आइपुगेका छन्। यो भन्दा अगाडि टिकट नपाएर मात्रै हो पाएको भए जित्दै निकै माथिसम्म पुग्ने सबैको विचार ठिकै लागेको छ।

यसपालि सबैले जित्ने निश्चित किन छ भनेर सबैले बुझ्न जरुरी छ। चुनावको सिजन सुरु भएपछि सबै उम्मेदवारहरुको भिजन निकै माथि उठेको सबैले महसुस गरेको हुनाले देशको विकास गर्न अघि सरेको भोटरहरुको बुझाइ छ।

योभन्दा अघि चुनाव जितेर ठाउँमा पुग्नेहरू अघाउन्जेल चरेको, भोट दिने जनता चाहिँ ठहरै मरेको र विकास निर्माणको कुरा गफ गफमै टरेको हुनाले अब त्यस्तो हुन दिइने छैन भन्ने सबै उम्मेदवारहरुको भनाइमा जनता पुरै बिश्वस्त छन्।

यसपाली गठबन्धन, ठगबन्धन, करौँती, बागी, स्वतन्त्र, घुुमन्ते, फिरन्ते आदि जस्तोसुुकै उम्मेदवार भएपनि घोषणापत्र बनाइराख्ने कष्ट गरेर आफ्नो र भोटरहरुको समय नष्ट नगरेकोमा सबै दंग छन्। त्यही भएर सबै उम्मेदवारले सबै ठाउँमा त्यसै जित्ने पक्का भएकैले घोषणापत्रको छक्कापन्जा नगरेको धेरै राम्रो हो।

घोषणापत्र नभएपनि सबै उम्मेदवारहरुको कुुरा सुुन्दा उहाँहरुले जितेपछि प्रत्येक गाउँको प्रत्येक घरमा घरमा पुुग्नेगरि वर्षैं पिच्छे नउप्किने गतिलो पिचसहितको पाँच छ लेनको सडक बन्ने पक्का छ। घर घरमा चौविसै घण्टा पानी आउने धारा जडान गरी कहिलेकाहीँ हावा मात्रै आउने धारालार्ई बिस्थापित गरिने पक्का छ।

आफ्नै स्रोतबाट बिजुली उत्पादन गरेर कहिल्यै लोडसेडिङ नहुने गरी सबैका घरमा चाहिए जति बिजुुली सित्तैमा पु¥याउने पक्का छ। सबैलार्ई शिक्षा अनिवार्य गरेर प्रारम्भिकदेखि अन्तिम तहसम्मको पढाइ निःशुल्क गरिने पक्का छ। आफ्नै घर गाउँमा मेडिकल कलेज, इन्जिनियरिङ कलेज, नर्सिङ कलेज र सबै विषयको पढाइ हुने कलेजको स्थापना गरिने पक्का छ।

हामीलार्ई आवश्यक पर्ने मात्रै होइन मजाले निर्यात गर्न सकिने माल वस्तु उत्पादन गरी आत्म निर्भर हुने र अन्य देशहरूलार्ई समेत मनग्गे पुग्ने समानहरू उत्पादन गरिने पक्का छ। कृषि क्रान्तिद्वारा हामीलार्ई आवश्यक पर्ने सबै खाले अन्न अत्यधिक उत्पादन गरी सबैलार्ई टन्न खान पुग्ने व्यवस्था मिलाईने पक्का छ।

यसबाट खाद्यान्नको सम्पूर्ण आयात रोकिने हुनाले यसलार्ई चुनावको नतिजा घोषणा हुनासाथ ठोकिने पक्का छ। स्वदेशमै चाहिएजति रोजगारि सिर्जना गरि बिदेश जाने र उता दुुख गरेर खाने प्रथा पुुरै बन्द गराउने पक्का छ।

आफ्नो पालिका देखि देश विकासको लागि तय गरिएको तालिका अनुसार प्रत्येक घरमा रेल सेवा पुर्‍याएर विदेशबाट आउने तेलको आयात घटाइने पक्का छ। प्रत्येक वडाले कम्तीमा एउटा सुविधा सम्पन्न पानी जहाज हिन्द महासागर वा प्रशान्त महासागरमा चलाउने र त्यसबाट प्रशस्त नगद फलाउने व्यवस्था मिलाइने पक्का छ।

आफ्नो भोटरहरूको सुविधाको लागि स्मार्ट सिटी र स्मार्ट गाउँको व्यवस्था गरिने पक्का छ। आफ्नो सीमानाभित्रको सबै स्थानमा फ्री वाइफाइ सेवा चुनावको नतिजा घोषणा भएकै समयबाट संचालन गरिने पक्का छ। हरेक नागरिकलार्ई नयाँ ब्रान्डको ल्यापटप र स्मार्ट फोन नतिजा घोषणा भएको भोलिपल्ट सबैको हातमा पुर्‍याइने पक्का छ।

नयाँ संरचनामा करको दर बढाउने हो कि भन्ने जनतामा डर भगाउन सबै खाले कर माफ गरिने पक्का छ। आफ्नो क्षेत्रमा पूर्ण अत्याधुनिक सुविधा सम्पन्न विश्वस्तरको अस्पताल स्थापना गरी सबै खाले रोगको निःशुल्क उपचारको व्यवस्था मिलाइने र खेलाडी उत्पादन गरेर विश्व स्तरका सबै प्रतियोगिताहरु जित्ने ग्यारेन्टी दिलाइने पक्का छ।

गाउँगाउँमा एयरपोर्ट र टोल टोलमा हेलिप्याड तयार गरेर संसारकै नमूना पालिका बनाएर बाल बालिका समेतलार्ई सक्दो सुविधा दिइने पक्का छ। भूकम्प, बाढी, पहिरो, आगलागी, चट्याङ आदि जस्ता दैवी प्रकोप पीडित भई अहिलेसम्म सुकुम्बासी जीवन बिताउन बाध्य भएकाहरूलार्ई चुनाव सकिएको भोलि पल्टैबाट पाँचतारे होटलस्तरको बसोबासको व्यवस्था मिलाइने पक्का छ। साथै भविष्यमा कुनै पनि दैवी प्रकोप हुँदै नहुने व्यवस्था मिलाउने समेत ग्यारेन्टी गरिनेपनि पक्का छ।

चुनाव सकिए लगत्तै भोट हाल्ने जति सबैलार्ई अधिकृत स्तरको जागिरमा नियुक्तिको व्यवस्था गरिनेमा कसैलाई शंका छैन। उहाँहरूले अफिसमा जोतिएर काम नगरी घरमै बसेर तलब र अन्य सुविधा लिन सक्नु हुने ग्यारेन्टी नहुुने कुुरै भएन। वैदेशिक रोजगारीमा जान चाहनेलार्ई सरकारले नै सबै खर्चपानीको व्यवस्था गरिदिएर अधिकृतस्तरकै सुविधा पाउने गरी पठाइने पक्का छ।

निम्नदेखि उच्च शिक्षाका परिक्षार्थीहरूलार्ई किताब हेरेर परिक्षा दिन पाइने व्यवस्था गरिने पक्का छ। हेरेर पढ्न पाए जस्तो हेरेर जाँच दिन पनि पाउनुपर्छ र जाँचमा सबैको एक सय प्रतिशत नै अंक आउनुपर्छ भन्नेमा सरकार दृढ हुनेछ भन्नेमा सबैजना ढुुक्क छन्। पर्यटन विकासमा रहेको सबै अड्कोहरूलार्ई हटाई नयाँ फड्को मारेर तिनचार करोड पर्यटक भित्र्याएर पर्यटन जगतमा तहल्का मच्चाइने पक्का छ।

स्वदेशी विदेशी सबै पर्यटकहरूलार्ई चाहिने सबै खाले आधुनिक सुविधा सहितका पूर्वाधारहरू नतिजा घोषणा भएकै दिनबाट सुचारु गरिने पक्का छ। पर्यटक जति आएपनि बसाउन, सुताउन, खुवाउन, डुलाउन, घुमाउन, मनोरञ्जन गराउन आदि सबै सुविधाहरू तत्काल सुरु गरिने पक्का छ। प्रत्येक टोलमा घटीमा एउटा डिस्को र आधुनिक बार अनिवार्य बनाइने पक्का छ।

त्यसैगरी प्रत्येक टोलमा कमसेकम एउटा क्यासिनो स्थापना गरेर बालकदेखि वृद्धसम्मलार्ई फ्रीइन्ट्रीको व्यवस्था गरिने पक्का छ। बस, ट्याक्सी आदि सबै हटाएर प्रत्येक नागरिकलार्ई उमेर अनुसार मोटरसाइकल र व्यक्तिगत गाडी वितरण गरिने पक्का छ। बैंकबाट बिना धितो चाहे जति ऋण लिन पाईने व्यवस्था हुने पक्का छ।

कसैमाथि पनि कानुनी कारवाही गर्न नपाईने र झुक्किएर त्यस्तो भई हालेछ भने सो को विरुद्ध नारा जुलुस बन्द हड्ताल आदि गर्ने पूूर्ण स्वतन्त्रता दिइने पक्का छ। कुनै पनि सामानको भाउ आफू खुसी तोक्न पाईने र त्यसलार्ई कसैले पनि रोक्न नपाईने छुटद्वारा व्यापारीहरूको हित गरिने पक्का छ।

बालभत्ता, बृद्ध भत्ता, अपांग भत्ता, बेरोजगार भत्ता आदिलार्ई बढाएर कमसेकम अधिकृत स्तरको कर्मचारीको तलब सरह पु¥याइने पक्का छ। शान्ति सुरक्षाको लागि प्रहरी प्रशासन केही पनि नचाहिने व्यवस्था मिलाइने पक्का छ। शान्ति सुरक्षा कायम राख्ने काम आफ्नै लठैतहरूद्वारा गराइने अत्यन्तै राम्रो ब्यबस्था गरिने पक्का छ।

यसपालि चुुनाव जित्नेले आफ्नो क्षेत्रका लेखक, कलाकार, पण्डित, पुुजारी, ज्योतिषी, लामा, पादरी, मौलाना अन्य गुरु आदि सबैलार्ई कमसेकम पनि मन्त्री सरहको भत्ता र सुविधा उपलब्ध गराई प्रोत्साहन गरिने र उहाँहरूको जीवनलार्ई जिन्दगीको सबै सुख सयलद्वारा भरिने छ। विद्यार्थी, महिला, बृद्ध आदिलार्ई यातायातमा पूरै छुट दिएर अहिले भइरहेको लुटलार्ई पूर्ण नियन्त्रण गरिने छ।

यहाँको उन्नति प्रगतिबाट फाइदा उठाउने छिमेकीहरू तँछाड मँछाड गरेर आउन र बसाईं सराइको लागि धाउन सक्ने हुनाले त्यस्तालाई नियन्त्रण गर्न अग्लो पर्खालद्वारा घेरिने छ। आफ्नो निर्वाचन क्षेत्रका बासीन्दाहरूको छेवार, व्रतबन्ध, विवाह र अन्य धार्मिक संस्कारहरू सरकारद्वारा निशुुल्क गर्ने प्रवन्ध मिलाइने छ। लभ पार्क, फन पार्क र अरू यस्तै पार्कहरू टोल टोलमा बिस्तार गरिनेछ।

डन बन्ने मन भएका युवाहरूलार्ई स्थानीय सरकारले घर समेत उपलब्ध गराएर प्रोत्साहन गर्ने छ। सरकारबाट भएका खर्चहरूको बिल भर्पाई बनाइ राख्ने झन्झटलार्ई बन्द गरी दिल खोलेर खर्च गर्ने र त्यसैबाट विकासको मूल फुटाइने हुनाले बिल भर्पाई र फाँटवारी बनाउने भुल गरिने छैन।

भ्रष्टाचार गरेर अकूूत कमाउन र त्यसैमा रमाउन सक्नेलाई बिशेष मान पदवी बिभुुषण तक्मा पुुरस्कार दिइने छ। जसले जति धेरै मान्छे मार्न र त्यसको ब्याज बापत ठूलो रकम झार्न सक्यो उसलाई त्यही अनुुपातमा ठूलाठूला पदबाट सम्मान गरिने छ।

बैंक लुुटेरा, ठगी बलात्कारी चोरी डकैती कालोबजारी आदि जस्ता काम निर्बाध सञ्चालन गर्न र त्यसैमा मजाले चर्न सक्नेलाई अर्को चुुनावमा छानिछानि उम्मेदवार बनाइने छ। अर्काको घरजग्गा र सम्पत्ति कब्जा गर्न वा जबरजस्ति हत्याउन सक्नेले उचित पुुरस्कार पाउने निश्चित गरिने छ।

दलहरूले तयार गर्नेे चुनावी घोषणा पत्रमा यस्ता महत्वपूर्ण विषयहरू छुट हुन सक्ने महसुस गरिएकोले त्यसमा शुुभकार्य स्वरुप माथिका बुुँदाहरु अनिवार्य रुपमा थप गर्नुपर्ने जनताको राय रहेको बुुझिन्छ। अहिलेको जमानामा त्यस्तो परम्परागत र अव्यवहारिक बिबरणले भरिएको र नचाहिँदो किसिमले भ्रम छरिएको घोषणा पत्रको खासै औचित्य छैन भने पनि हुन्छ।

त्यसलार्ई समय अनुसार देश काल परिस्थिति सुहाउँदो बनाउनै पर्छ र यसमा सबै मतदाताहरुले समर्थन जनाउनै पर्छ। बर्तमान उम्मेदवारहरुका ज्यादै क्रान्तिकारी र अग्रगामी छलाँग सहितका योजना र दृष्टिकोणहरू यिनै हुन्।

त्यसैले यसपालि कसलाई जिताउने र कसलाई बिताउने भनेर अलमलिनुु भन्दा माथिका बुुँदाहरु कडाइकासाथ लागू गरेर जनताको भलो चिताउने सबै उम्मेदवारहरुलाई अत्यधिक मत दिएर जिताउने र त्यस्ताको बिरोध गर्ने सबै विरोधीहरूलार्ई हराएर बिताउने काम गर्न सकेमा जनताको भबिष्य ज्यादै उज्ज्वल हुुनेमा कुुनै शँका गरिराख्न पर्दैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *